कैलालीमा शनिबार पुनः अर्को बृहत विरोधसभाको तयारी

सिराहाको लहानमा पनि २३ गते नै थारुको केन्द्रीय प्रशिक्षण भेला


Ths1

काठमाडौं, माघ २२ गते । पद्मरत्न तुलाधर नेतृत्वको आदिबासी जनजाति राष्ट्रिय आन्दोलन नेपालको आयोजनामा कैलालीको पहलमानपुरमा माघ २३ गते शनिबार बृहत विरोधसभा कार्यक्रमको तयारी गरिएको छ ।

भेलामा कैलाली, कञ्चनपुर, वर्दिया, बाँके र सुर्खेतका थारु समुदायको उल्लेख्य सहभागीता गराउने आयोजकले बताएको छ । सो संस्थाका प्रवक्ता प्रा.डा. ओम गुरुङ्को अनुसार भेलामा दशौं हजार थारु र अन्य जनजातिको सहभागिता रहने छ । थारु समुदायसहित आदिबासी जनजातिको अधिकारलाई सुनिश्चित् गर्न सरकार र दलका नेताहरुलाई दवाव दिनेगरी भेलाको आयोजना देशव्यापी गर्ने प्रवक्ता गुरुङले जानकारी दिनुभयो ।

कैलालीमा हुने भेलामा आजरा नेपालका अध्यक्ष पद्मरत्न तुलाधरसहित थारु राजनीतिक दल तथा संघ संगठनका नेताहरुले विरोधसभामा सम्बोधन गर्ने बताइएको छ । भेलाको तयारीका लागि आजराका निर्देशक समिति, राष्ट्रिय युवा दस्ता तथा स्वयम्सेवकहरु कैलालीमा खटाइएको प्रवक्ता गुरुङ्को भनाई छ । भेलामा थारु सांसदले समेत सम्बोधन गर्ने कार्यसूची रहेको छ ।

सोही दिन ५०० जनाको थारु युवा दस्ताले मार्चपास पनि कैलालीमा प्रदर्शन गर्ने छ । स्वयमसेवक दस्ताका संयोजक महावीर चौधरीका अनुसार त्यसको तयारी भइरहेको छ ।

भेलाको तयारीका लागि आजराका निर्देशक समिति, राष्ट्रिय युवा दस्ता तथा स्वयम्सेवकहरु कैलालीमा खटाइएको प्रवक्ता गुरुङ्को भनाई छ । भेलामा थारु सांसदले समेत सम्बोधन गर्ने कार्यसूची रहेको छ ।

त्यसैगरी आजराकै आयोजनामा इटहरीमा फागुन १२ गते, बीरगञ्जमा फागुन १४ गते विरोधसभा गर्ने तयारी गरिएको छ । सोपछि विरोधका कार्यक्रमहरु काठमाडौं केन्द्रीत गर्ने आयोजकले तयारी गरेको छ । प्रवक्ता गुरुङ्काअनुसार फागुन र चैत महिनाभरी काठमाडौंको आदिबासी जनजाति वस्तीमा जनजागरण कार्यक्रम सञ्चालन गरिने छ ।

त्यस्तै, काठमाडौंका नेवार तथा तामाङ समुदायलाई आन्दोलन तथा दवाव कार्यक्रममा विशेषरुपले परिचालन गर्ने तयारी आयोजकको छ । सो बेलामा पर्चा, पम्पलेट, ब्रुसर, भित्तेलेखन तथा पोष्टरहरु प्रचारका लागि प्रयोग गरिने गुरुङ्ले जानकारी दिनुभयो । विरोधसभा, दवावमूलक कार्यक्रमको आर्थिक व्यवस्थापन आदिबासी जनजाति राष्ट्रिय आन्दोलन नेपालले गर्ने भएको छ ।

सोही दिन ५०० जनाको थारु युवा दस्ताले मार्चपास पनि कैलालीमा प्रदर्शन गर्ने छ । स्वयमसेवक दस्ताका संयोजक महावीर चौधरीका अनुसार त्यसको तयारी भइरहेको छ ।

त्यस्तै, थारु कल्याणकारिणीसभाले माघ २३ देखि २५ गतेसम्म सिराहाको लहानमा बृहत प्रशीक्षण कार्यक्रम आयोजना गर्न गइरहेको छ । नेपाल र भारतका गरी एकहजार प्रतिनिधिको सहभागिता रहने प्रशिक्षण विभाग प्रमुख राजकुमार लेखीले बताउनुभयो ।

लेखीका अनुसार भेलामा डा. कृष्ण भट्टचन, सिके लाल, शंकर लिम्बु, ज्योति दनुवार, सुरेन्द्र महतो लगायतले प्रशिक्षण दिनेछन् । भेलाको तयारी करिब पूरा भइसकेको छ ।

तपाईको प्रतिक्रिया