यौनकर्मीको क्रिडास्थल बन्दैछन् राजमार्गका वनक्षेत्रहरु

स्थानीय प्रहरी भन्छ, हामीकहाँ गुनासो पुगेको छैन


Ban

महोत्तरी (बर्दिवास), माघ २१ गते। यौन कर्मीहरुकालागि घर, होटल र टहरा कम हुन थालेपछि अहिले खाली जंगलहरु नै यौनलीला गर्ने स्थल बन्न थालेका छन् । विशेषगरी राजमार्गमा पर्ने त्यस्ता बनमा यौनकार्य बढ्दैगएको स्थानीयहरुको भनाई छ ।

पूर्व–पश्चिम राजमार्गको महोत्तरी जिल्लामा पर्ने वन क्षेत्रमा यौन क्रियाकलाप बढ्न थालेको भन्दै स्थानीयवासीले नियन्त्रण गर्न आग्रह गरेका छन् ।

राजमार्गको जिल्लामा पर्ने वनक्षेत्रमा १०, १२ ठाउँमा विभिन्न खालका पसल सञ्चालनमा आएर बढेको चहलपहलसँगैै जोडी युवायुवतीको आगमन ह्वात्तै बढेको नजिकैका गाउँबस्तीका बासिन्दाको भनाइ छ ।

राजमार्गको जिल्लामा पर्ने वनक्षेत्रमा १०, १२ ठाउँमा विभिन्न खालका पसल सञ्चालनमा आएर बढेको चहलपहलसँगैै जोडी युवायुवतीको आगमन ह्वात्तै बढेको नजिकैका गाउँबस्तीका बासिन्दाको भनाइ छ ।

राजमार्गको जिल्लामा पर्ने बर्दिवासदेखि बाँके पुलसम्मको २० किलोमिटर क्षेत्रको वनक्षेत्र यौन क्रियाकलाप धेरै हुने गरेको वनक्षेत्रसँगै जोडिएको खयरमारा बस्तीका ६५ वर्षीय चन्द्रलाल लोप्चनले बताउनुभयो ।

वनक्षेत्रका माइस्थान, वनपथ, लक्ष्मीनियाँ, गणन्ता, टुटेश्वरचोक, खयरमाराचोक, गौशालाचोक, कान्तिबजारचोक, मरहापुल र बाँकेलगायतका एक दर्जन चोकमा अचेल दिनहुँ २० आँै ंजोडी युवायुवती यौन क्रियाकलापकै लागि आउने गरेको त्यस ठाउँमा पसल सञ्चालन गरेर बसेका साना व्यापारी बताउँछन् ।

बर्दिवासबाट पश्चिम जाँदा र पश्चिमबाट बर्दिवासतिर आउँदा लालबन्दीबाट वनक्षेत्र ओर्लने थुप्रै युवायुवतीका जोडी हुने गरेको जनकपुर वीरगञ्ज रुटको बसका सहचालककोे भनाइ छ । खासगरी शनिबारका दिन जोडी युवायुवतीको सङ्ख्या निकै बढ्नुले यीमध्ये कलेजमा पढ्ने विद्यार्थी पनि हुनसक्ने सहचालककोे अनुमान छ ।

सुरक्षित उपायबिना नै शारीरिक सम्बन्ध राख्नेहरू एचआइभी र यौनजन्य रोगको चपेटामा पर्नसक्ने सम्भावना रहेको नेपाल परिवार नियोजन सङ्घका प्रबन्धक धिरज पौडेलको भनाइ छ ।

ban1

वनक्षेत्रमा पुग्ने गरेका प्रेमीजोडी स्वास्थ्यक्षेत्रमा कार्यरत सामाजिक सङ्घ संस्थाका प्रतिनिधिसँग कण्डमको कुरा गर्न लाजमान्ने गरेका पाइएको छ ।

यौन व्यवसाय नै रोजेका यौनकर्मी महिला स्वास्थ्य सचेतनामा सजग पाइएका भए पनि ग्राहकले कण्डमको प्रयोगमा अनिच्छा देखाउँदा कण्डमको प्रयोगबिना नै शारीरिक सम्बन्ध बनाउन बाध्य हुने गरेको उनीहरुको गुनासो छ । यता जिल्लास्थित प्रहरी प्रशासनले भने यस्ता खालका गुनासा आफूहरु समक्ष नआएको जनाएका छन् ।

तपाईको प्रतिक्रिया