प्रधानमन्त्री पद छाड्दा पत्रकारलाई प्रश्न गर्ने ठाउँ दिन्नः प्रम ओली

पदमा रहँदासम्म देशलाई नयाँ ढाँचामा अगाडि बढाउने प्रतिवद्धता


SAM_3001

लक्की चौधरी
काठमाडौं, माघ २२ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालमा कसैले नगरेको काम गरेर देखाउने प्रतिवद्धता दोहो¥याउनुभएको छ । आफू प्रधानमन्त्रीको फोटो झुण्ड्याउनलाई प्रधानमन्त्री नभएको उहाँको भनाई छ ।

प्रेस चौतारी नेपालको १९ औं स्थापना दिवसको अवसरमा शुक्रबार यहाँ बोल्दै प्रधानमन्त्री ओलीले त्यस्तो बताउनुभयो । “म प्रधानमन्त्रीको जिम्मेवारीमा रहँदासम्म राम्रो काम गर्छु, जुन दिन पदबाट बाहिरिन्छु पत्रकारलाई प्रश्नगर्ने ठाउँ हुनेछैन” प्रधानमन्त्री ओलीले भन्नुभयो, “म तपाईहरुलाई चुनौति दिन्छु कि पदमा रहँदासम्म आत्मविश्वासले काम गर्छु ।”

SAM_2988

“देशलाई नयाँ ढाँचाकासाथ अगाडि बढाउँछु भन्दा ओलीले उखान टुक्का हान्यो भन्छन्” टिप्पणी गर्नुहुँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “मेरो भनाई जति सबै उखान टुक्का हो भने विद्वान साथीहरुलाई पुष्टि गर्न म चुनौति दिन्छुँ ।”

“एकवर्षमा लोडसेडिङ् अन्त्य गर्छु भन्दा पनि उखानटुक्का, हावाबाट विजुली निकाल्छु भन्दानि उखानटुक्का, घर–घरमा पाइपबाट ग्यास पु¥याउँछु भन्दानि उखानटुक्का किन देख्छन् कोहीले ?” उहाँले जिज्ञासा गर्नुभयो । मैले बोलेका हरेक कुरामा म जवाफदेही छुँ भन्नुहुँदै उहाँले आफ्नो सबै ध्यान काम गर्नेमै रहेको प्रष्ट पार्नुभयो ।

मुलुकलाई आत्मनिर्भर बनाउनेमै आफू लागेको बताउँदै प्रधानमन्त्री ओलीले नेपालको विकास सुस्त गतिमा रहेकाले अब त्यो अवस्थाले देश उभो लाग्न नसक्ने बताउनुभाये । “एकसय पाँच वर्षमा जम्मा सातसय मेगावाट विद्युत उत्पादन भएकोछ, यस्तो अवस्थाले अब मुलुक बन्दैन” उहाँले भन्नुभयो । संविधान निर्माण भइसकेकाले अब सबै समय विकास निर्माणमा लाग्नेबेला आएको प्रधानमन्त्री ओलीले भन्नुभयो ।

SAM_3010

नयाँ संविधानले सबैप्रति न्याय गरेको दावी गर्नुहुँदै प्रधानमन्त्री ओलीले संविधान कार्यान्वयनमा लाग्न सबैलाई आग्रह गर्नुभयो । सो अवसरमा उहाँले देश बनाउने जिम्मेवारी पत्रकारको पनि रहेकाले स्वच्छ र जिम्मेवार पत्रकारितामा लाग्न आग्रह गर्नुभयो ।

एमाले सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले मुलुकलाई एकतावद्ध तथा समाजिक सद्भाव कायम गर्ने बेला अहिले भएको बताउनुभयो । केही समूहले आपसी सद्भाव भड्काउने षडयन्त्रमा लागेकाले त्यसलाई निरुत्साहन गर्न आवश्य रहेको चर्चागर्दै सचिव भट्टराईले भन्नुभयो, “यो अवस्थामा सद्भाव तोड्ने हैन, जोड्ने शक्तिको खाँचो छ ।”

नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले देशले भोगेको समस्याजस्तै पत्रकारले पनि भोग्नुपरेको बताउँदै विना नियुक्तीपत्र, विना पारिश्रमिक मिडियाकर्मी अझै कामगर्न बाध्य भइरहेको बताउनुभयो ।

SAM_3033

प्रेस चौतारी नेपालका अध्यक्ष राजेन्द्र अर्यालले पत्रकारिताको विकासमा चौतारी निकट पत्रकारले महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्नुहुँदै चौतारीको आफ्नै भवन निर्माणका लागि जग्गा उपलब्ध गराउन प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराउनुभयो ।

चौतारीले हरेक वर्ष प्रदान गर्ने हृदयचन्द्रसिंह प्रधान पत्रकारिता पुरस्कारबाट यसवर्ष शिव गाउँले, अग्नीशिखा पत्रकारिता पुरस्कारबाट देवराज रिमाल, वीरेन्द्रकुमार साह क्रियाशील पत्रकारिता पुरस्कारबाट दिलिपकुमार सिंह र डेकेन्द्र थापा पत्रकारिता पुरस्कारबाट यज्ञराज थापा र विद्युतमा आउजीलाई पुरस्कृत गर्ने घोषणा गरेको छ ।

यसैगरी यसवर्ष पाँचवटा जिल्लालाई उत्कृष्ट जिल्लाकोरुपमा चौतारीले घोषणा गरेको छ । सो जिल्लामा पूर्वाञ्चलको सुनसरी, मध्यमाञ्चलको दोलखा, पश्चिमाञ्चलको नवलपरासी, मध्यपश्चिमाञ्चलको बाँके र सुदूरपश्चिमाञ्चलको डडेल्धुरा रहेका छन् ।

SAM_2989

तपाईको प्रतिक्रिया