नाकाबन्दी खुले लगत्तै किन शुरुभयो थरुहटमा विरोधसभा ?

थरुहट प्रदेश सुनिश्चित् नगरे तराई थप्प पार्ने चेतावनी


TKS2

काठमाडौं, माघ २३ गते । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको नाकाबन्दी शनिबारबाट खुकुलो भए लगत्तै तराईका आदिबासी थारु समुदायको ठाउँ–ठाउँमा भेला र प्रशिक्षण कार्यक्रम शुरुभएको छ ।

शनिबारबाट सिराहाको लहानमा सातसय बढी प्रतिनिधि जम्मा गरेर थारु कल्याणकारिणीसभा केन्द्रीय प्रशिक्षण विभागले प्रशिक्षणको कार्यक्रम शुरुगरेको छ । प्रशिक्षण कार्यक्रम सोमबारसम्म चल्ने प्रशिक्षण विभागका प्रमुख राजकुमार लेखीले बताउनुभयो ।

Tks4

लेखीकोअनुसार थारु बसोबास भएका तराईका सबै जिल्लाबाट प्रतिनिधिहरुको सहभागिता छ । त्यस्तै, भारत, कतार, यू.ए.ई., दुवै, अमेरिका शाखाका थारु प्रतिनिधिहरुको समेत प्रशिक्षण कार्यक्रममा सहभागिता रहेको आयोजकले बताएको छ ।

थारु, आदिबासी जनजाति, पछाडि परेका वर्गको अधिकारका विषयमा नयाँ संविधानमा व्यवस्था गरेको विषय, संघीयता, थरुहट प्रदेश, समानुपातिक सहभागिता, राष्ट्रियता तथा समग्र नेपालको राजनीतिक विषयमा प्रशिक्षण भइरहेको आयोजकको भनाई छ ।

TKS

कार्यक्रममा डा. कृष्ण भट्टचन, सिके लाल, अधिवक्ता शंकर लिम्बु, अधिकारकर्मी ज्योति दनुवार, पूर्व राजदूत विजयकान्त कर्ण, नेता सुरेन्द्र महतो, पत्रकार सीताराम अग्रहरी लगायतले प्रशिक्षण दिने कार्यक्रम रहेको नेता लेखीले जानकारी दिनुभयो ।

करिब ११ लाख बढी खर्चहुने अनुमान गरिएको प्रशिक्षण कार्यक्रमपछि आन्दोलनको ठोस योजना सार्वजनिक गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो । नयाँ संविधानमा थारुलगायत अन्य समुदायको अधिकारलाई कुण्ठित गरिएकाले सम्बोधनका लागि दवाव कार्यक्रम सार्वजनिक गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो ।

सभाका संरक्षक अमृत खाँले उद्घाटन गर्नुभएको प्रशिक्षण कार्यक्रम विहान ९ बजेदेखि साँझ ९ बजेसम्म चल्ने आयोजकले बताएको छ ।

कैलालीमा विरोधसभा
त्यस्तै, कैलालीको पहलमानपुरमा शनिबार वृहत विरोधसभाको आयोजना गरिएको छ । आदिबासी जनजाति राष्ट्रिय आन्दोलन, नेपाल नामक संस्थाको आयोजनामा भएको कार्यक्रममा सुर्खेत पश्चिमका छ जिल्लाका थारुहरुको सहभागिता रहेको थारु अगुवा बुन्दीलाल चौधरीले जानकारी दिनुभयो ।

TKS5

कार्यक्रममा नेताहरु अशोक राई, देव गुरुङ, प्रा.डा. ओम गुरुङ, पासाङ शेर्पा, सांसद गंगा थारु, जनक चौधरी, थरुहट तराई पार्टीका अध्यक्ष भानुराम थारु लगायतले सम्बोधन गर्नुभएको छ । आन्दोलनका अगुवा पदमरत्न तुलाधर भने कार्यक्रममा उपस्थित नभएको आयोजकले बताएको छ ।

कार्यक्रममा नेताहरु अशोक राई, देव गुरुङ, प्रा.डा. ओम गुरुङ, पासाङ शेर्पा, सांसद गंगा थारु, जनक चौधरी, थरुहट तराई पार्टीका अध्यक्ष भानुराम थारु लगायतले सम्बोधन गर्नुभएको छ । आन्दोलनका अगुवा पदमरत्न तुलाधर भने कार्यक्रममा उपस्थित नभएको आयोजकले बताएको छ ।

टीकापुर घट्नापछि कैलालीमा थारुको विरोध कार्यक्रमहरु हुनेगरेको थिएन । यसअघि घटनापछि एउटा कार्यक्रम मसुरियामा सम्पन्न भएको थियो । शनिबार पहलमापुरमा गरिएको दोस्रो ठूलो विरोधसभा भएको आयोजकले बताएको छ ।

सामुदायिक भवन पहलमानपुरको प्राङ्गणमा आयोजित कार्यक्रममा करिब १० हजार थारुको सहभागिता रहेको आन्दोलनका प्रवक्ता प्रा.डा. गुरुङले जानकारी दिनुभयो । कार्यक्रममा वक्ताहरुले टीकापुर घटनामा पक्राउ परेका निर्दोष थारुलाई अविलम्ब रिहा गरिनुपर्ने, झुठा मुद्दाहरु खारेज गरिनुपर्ने, नयाँ संविधानमा थारुलगायत पछाडि परेका वर्गको अधिकार सुनिश्चित् गर्नुपर्ने माग राखेको सहभागी नेताहरुले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया