माघ २७ गते काठमाडौंमा अनेरास्ववियूको बाइसौं महाधिवेशन

अध्यक्ष ओली र नेता नेपाल दुई प्यानलबीच कडा टक्कर


Akhil

काठमाडौं, माघ २४ गते । नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २७ गते हुने २२ औं महाधिवेशनमा उम्मेदवारभन्दा दुई पक्षका नेताबीचको मुख्य टक्कर हुने देखिएको छ ।

संस्थापन पक्ष पार्टी अध्यक्ष केपी शर्मा ओलीपक्षबाट नविना लामा अध्यक्षको उम्मेदवारी दिने तयारीमा हुनुहुन्छ भने नेता माधवकुमार नेपालपक्षबाट दीपक गौतम अध्यक्षको उम्मेदवार बन्दै हुनुुहुन्छ । अध्यक्षका प्रत्यासी दुवैजनाले आफ्नो जीत सुनिश्चित् रहेको दावी गर्नुभएको छ ।

प्रदर्शनीमार्गको भृकुटीमण्डपमा हुने उद्घाटनसत्रमा पार्टीका अध्यक्षसहित वरिष्ठ नेताहरुको सहभागितामा रहने आयोजकले बताएको छ । कार्यक्रमको उद्घाटन पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुने महाधिवेशन प्रचार प्रसार कमिटीका संयोजक ऐन महरले बताउनुभयो । उद्घाटनसत्रमा वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम र महासचिव ईश्वर पोखरेल सहित अन्य नेताहरुको सहभागिता रहने छ ।

देशभरबाट गरी करिब १६ सयजना महाधिवेशनको प्रतिनिधि रहने आयोजकले बताएको छ । १४१ सदस्यीय केन्द्रीय कमिटीका लागि हुने निर्वाचनमा दुईपक्षका प्यानल बनाएर उम्मेदवारी दिने तयारी गरिएको दुवै पक्षका उम्मेदवारले बताएका छन् । एकजना अध्यक्ष, चारजना खुला उपाध्यक्ष, एकजना महासचिव, तीन समावेशीसहित सातजना सचिव र एकजना कोषाध्यक्षका लागि प्यानलअनुसारको उम्मेदवार घोषणाहुनेक्रम शुरुभएको छ ।

एकजना अध्यक्ष, चारजना खुला उपाध्यक्ष, एकजना महासचिव, तीन समावेशीसहित सातजना सचिव र एकजना कोषाध्यक्षका लागि प्यानलअनुसारको उम्मेदवार घोषणाहुनेक्रम शुरुभएको छ ।

अहिलेसम्म दुवै प्यानलबाट १४१ सदस्यीय केन्द्रीय कमिटीको टुंगो लगाउनेक्रम जारी छ । पदाधिकारीमा करिब टुंगो लागेपनि सदस्यमा टुंगो लागिनसकेको आयोजकले बताएको छ । त्यसमा पन्ध्र–पन्ध्र सदस्य रहने तीनवटा आयोगका लागि पनि निर्वाचन हुने महासचिवकी उम्मेदवार राधीका खतिवडाले बताउनुभयो । निर्वाचन आयोग, लेखा आयोग र अनुशासन आयोगका लागि सँगै निर्वाचन हुनेछ ।

अध्यक्षका प्रत्यासी नविना लामाले देशको शैक्षिकस्तरलाई गुणस्तरीय बनाउन, विद्यार्थी संगठनलाई चुस्त तथा जिम्मेवार बनाउन, नयाँ संविधानको कार्यान्वयनमा सहयोग गर्न तथा निजी विद्यालयको व्यापारीकरणको अन्त्य गर्न नै आफूले उम्मेदवारी दिने तयारी गरेको दावी गर्नुभयो । महिलालाई नेतृत्वमा स्थापित गर्न र समावेशीताको हिसावले पनि आफ्नो जीत सुनिश्चित् रह्ेको उहाँको भनाई छ । “प्रतिस्पर्धीभन्दा तीनसय मतले अगाडि हुन्छु भन्ने मेरो विश्वास छ” उहाँले भन्नुभयो ।

अध्यक्ष ओलीपक्षबाट अध्यक्षमा नविना लामा, चार उपाध्यक्षमा महेश वर्तौला, रश्मी आचार्य, शैलेश लामा र सुनिता बरालले उम्मेदवारी दिने तयारी गर्नुभएको छ । त्यस्तै महासचिवमा ऐन महर, सचिवमा कमला बोहरा, आरसी लामिछाने लगायतको उम्मेदवारी पर्ने करिब निश्चित भएको छ ।

अध्यक्षका अर्का पत्यासी दीपक गौतमले विद्यार्थी आन्दोलनलाई सन्तुलित, जुझारु र नेपाली पाठ्यक्रमलाई क्यालेन्डरवाइज बनाउन आफूले उम्मेदवारी दिनलागेको बताउनुभयो । “विकृत नेपालको शिक्षा प्रणालीको सुधारमा मेरो प्रमुख जोड रहन्छ” गौतमले भन्नुभयो । प्रतिद्वण्द्वीभन्दा करिब दुईसय मतले अगाडि रहेको उहाँले दावी गर्नुभयो ।

संस्थापन अध्यक्ष ओलीपक्षबाट अध्यक्षमा नविना लामा, चार उपाध्यक्षमा महेश वर्तौला, रश्मी आचार्य, शैलेश लामा र सुनिता बरालले उम्मेदवारी दिने तयारी गर्नुभएको छ । त्यस्तै महासचिवमा ऐन महर, सचिवमा कमला बोहरा, आरसी लामिछाने लगायतको उम्मेदवारी पर्ने करिब निश्चित भएको छ ।

त्यस्तै, नेता नेपालपक्षबाट अध्यक्षमा दीपक गौतम, उपाध्यक्षमा सरोज यादव, भक्तकुमारी लामा, महासचिवमा राधिका खतिवडा, अब्दुल हुसेन खाँ, सचिवमा आरती लामा, सुरेश पराजुली लगायतले उम्मेदवारी दिने तयारी भएको सो पक्षका विद्यार्थी नेताहरुले बताउनुभएको छ ।

नेता नेपालपक्षबाट अध्यक्षमा दीपक गौतम, उपाध्यक्षमा सरोज यादव, भक्तकुमारी लामा, महासचिवमा राधिका खतिवडा, अब्दुल हुसेन खाँ, सचिवमा आरती लामा, सुरेश पराजुली लगायतले उम्मेदवारी दिने तयारी भएको सो पक्षका विद्यार्थी नेताहरुले बताउनुभएको छ ।

करिब ८० प्रतिशत तयारी पूरा भइसकेको महाधिवेशनको उद्घाटनसत्रका लागि सोमबारबाट भृकुटीमण्डमा मञ्च निर्माणको काम शुरुहुने महासचिवकी प्रत्यासी खतिवडाले जानकारी दिनुभयो । उदघाटनसत्र भृकुटीमण्डपमा हुने भएपनि बन्दसत्र प्रज्ञाभवन कमलादीमा हुने प्रचार कमिटीका संयोजक महरले जानकारी दिनुभयो ।

निर्वाचनका लागि उम्मेदवारहरुले पर्चा, पम्पलेट, व्यानर, पोष्टकार्ड केही पनि छाप्न नपाउने तर फोटोकपी पेपर साइजको पेपरमा उम्मेदवारको अपिलपत्र मात्र प्रकाशन गर्ने निर्वाचन आचारसंहिता बनाइएको महरले बताउनुभयो । आचारसंहिता उल्लंघन गरेको पाइएमा उम्मेदवारी रद्दगर्नेसम्मको तयारी भएको उहाँले जानकारी दिनुभयो ।

निर्वाचनमा करिब ५० लाख रुपियाँ खर्च लाग्ने अनुमान आयोजकले गरेको छ । उद्घाटनसत्रमा करिब ४० हजार युवाको सहभागीता गराउने तयारी भएको प्रचार कमिटीका संयोजक महरले बताउनुभयो ।

पार्टीको निर्वाचन आयोगका प्रमुख सोमनाथ प्यासीसहितको कमिटीलाई निर्वाचन गराउने जिम्मेवारी दिइएको छ । त्यस्तै, सचिव गोकर्ण विष्टको अध्यक्षतामा सात सदस्यीय अध्यक्ष मण्डल गठन गर्ने निर्णय भएको महाधिवेशन मूल व्यवस्थापन कमिटीका संयोजक तथा अध्यक्षका प्रत्यासी दीपक गौतमले जानकारी दिनुभयो ।

निर्वाचनमा करिब ५० लाख रुपियाँ खर्च लाग्ने अनुमान आयोजकले गरेको छ । उद्घाटनसत्रमा करिब ४० हजार युवाको सहभागीता गराउने तयारी भएको प्रचार कमिटीका संयोजक महरले बताउनुभयो । महाधिवेशन माघ २७ देखि २९ गतेसम्म चल्ने बताइएको छ ।

प्रस्तुतिः लक्की चौधरी

तपाईको प्रतिक्रिया