लहानको थारु भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं केन्द्रीत संघर्षको कार्यक्रम सार्वजनिक गर्ने प्रस्ताव पारित


Tks final
काठमाडौं, माघ २५ गते । थारु कल्याणकारिणीसभाको आयोजनामा माघ २३ देखि २५ गतेसम्म सिराहाको लहानमा आयोजित तीनदिने प्रशिक्षण तथा थारुभेला कार्यक्रम सोमबार सकिएको छ । भेलाले काठमाडौं केन्द्रीत संघर्षको कार्यक्रम सार्वजनिक गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

भेलाबारे आयोजकले मंगलबार लहानमै पत्रकार सम्मेलन गरी लहान घोषणापत्र जारीगर्ने प्रशिक्षण विभागका प्रमुख राजकुमार लेखीले बताउनुभयो । उहाँकोअनुसार थारु, मधेसी, आदिबासी जनजाति, मुश्लिम लगायतलाई संगठित गरी महिना दिनभित्र काठमाडौं केन्द्रीत संघर्षको कार्यक्रम सार्वजनिक हुनेछ ।

थारु, मधेसी, आदिबासी जनजाति, मुश्लिम लगायतलाई संगठित गरी महिना दिनभित्र काठमाडौं केन्द्रीत संघर्षको कार्यक्रम सार्वजनिक हुनेछ ।

प्रशिक्षण कार्यक्रममा आदिबासी, मधेसी तथा थारु अगुवाहरुले नयाँ संविधानमा यी वर्गको अधिकारलाई सुनिश्चित् नगरिएकाले संविधान संशोधनको पुनः दवावदिने गरी कार्यक्रम सार्वजनिक गरिने भेलाले ठहर गरेको सभाले बताएको छ ।

भेलामा उपत्यकासहित तराईका जिल्ला तथा विदेशी शाखाबाट समेत गरी सात सयजना थारुहरुको सहभागिता रहेको थियो । भेलामा डा. कृष्ण भट्टचन, सिके लाल, शंकर लिम्बु, विजयकान्त कर्ण, ज्योति दनुवार, सुरेन्द्र महतो लगायतले प्रशिक्षण दिनुभएको थियो ।

भेलामा करिब ११ लाख खर्च भएको आयोजकले बताएको छ । भेलाकालागि सहयोग, चन्दा तथा थारु प्रतिनिधिहरुबाटै आर्थिक सहयोग संकलन गरिएको आयोजकको भनाई छ ।

नयाँ संविधानले थारु, मधेसी, आदिबासी जनजाति, मुश्लिमसहित सीमान्तकृत वर्गको अधिकारलाई सुनिश्चित् नगरेको प्रशिक्षकहरुको साझा धारणा रहेको नेता लेखीले बताउनुभयो । भेलामा करिब ११ लाख खर्च भएको आयोजकले बताएको छ । भेलाकालागि सहयोग, चन्दा तथा थारु प्रतिनिधिहरुबाटै आर्थिक सहयोग संकलन गरिएको आयोजकको भनाई छ ।

TKS2

तपाईको प्रतिक्रिया