मधेसी मोर्चाको नाकाबन्दी र आमहडताल स्थगित

मसालजुलुस, लाठी प्रदर्शन लगायतको संघर्षको कार्यक्रम कायमै


Morcha today
काठमाडौं, माघ २५ गते । संयुक्त मधेसी मोर्चाले भारतीय सीमामा जारी नाकाबन्दी कार्यक्रम तथा आम हडताल, सरकारी कार्यालयमा गरिएको अवरोध तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको छ ।

मोर्चा सम्बद्ध प्रमुख चार दलको शीर्ष नेताहरुसहित सोमबार बसेको बैठकले त्यस्तो निर्णय गर्दै अन्य आन्दोलनहरु यथावतै राख्ने बताएको  छ । मसाल जुलुश, लाठी प्रदर्शन तथा अन्य दवावका सबै कार्यक्रम जारी राख्ने मोर्चाको निर्णय छ ।

बैठकले सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले नाकाबन्दी खोल्ने विषयमा दिएको अभिव्यक्तिलाई कडारुपमा विरोध गर्दै महतोलाई आइन्दा त्यस्तो अभिव्यक्ति नदिन बैठकले निर्देश गरेको छ ।

बैठकले सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले नाकाबन्दी खोल्ने विषयमा दिएको अभिव्यक्तिलाई कडारुपमा विरोध गर्दै महतोलाई आइन्दा त्यस्तो अभिव्यक्ति नदिन बैठकले निर्देश गरेको छ ।

मोर्चाको संयुक्त विज्ञप्तीको चार नम्बर बुँदामा भनिएको छ, “आन्दोलनकै क्रममा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको पछिल्लो कार्य र अभिव्यक्तिबाट आन्दोलनलाई ठूलो क्षति पुग्नगएको हुँदा अब उप्रान्त यस्ता क्रियाकलाप नगर्न र नगराउन मोर्चा निर्देश गर्दछ ।”

आन्दोलनको अन्य कार्यक्रममा माघ २९ गते जिल्ला सदरमुकाममा मसाल जुलुश प्रदेर्शन, फागुन ५ गते जिल्ला सदरमुकाममा लाठी जुलुश प्रदर्शन, फागुन ७ गते मोर्चाको ११ बुँदे मागमा जनमत लिने र हस्ताक्षर अभियान सञ्चालन गर्ने निर्णय मोर्चाले गरेको छ ।

मोर्चाको संयुक्त प्रेस विज्ञप्ती भनिएको भएपनि सद्भावनाका अध्यक्ष महतोको हस्ताक्षर छैन । विज्ञप्तीमा उपेन्द्र यादव, महन्थ ठाकुर र महेन्द्रराय यादवको हस्ताक्षर रहेको छ ।

मोर्चाको विज्ञप्ती जस्ताको तस्तैः

Morcha

Morcha1

तपाईको प्रतिक्रिया