अनेरास्ववियुको २२ औं महाधिवेशनको सबै तयारी पूरा

विहिबार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले उदघाट गर्नुहुने


Akhil

काठमाडौं, माघ २७ गते । नेकपा (एमाले) को प्रभावशाली भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २२ औं महाधिवेशन विहिबारदेखि काठमाडौंमा शुरु हुँदैछ । देशभरबाट करिब १६ सय महाधिवेशन प्रतिनिधिहरु काठमाडौं आउनेक्रम जारी रहेको छ ।

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम तय भएको प्रचार कमिटीका संयोजक ऐन महरले बताउनुभयो । उहाँको अनुसार तीन दिनसम्म चल्ने महाधिवेशनको सबै तयारी पूरा भएको छ । यसपालीको महाधिवेशनमा प्रमुख दुई नेताबीचको प्यानलबीच प्रतिस्पर्धा हुने संकेत देखिएको छ । दुवै पक्षको तर्फबाट प्यानलवाइज उम्मेदवारी घोषणा गर्ने तयारी विद्यार्थी नेताहरुको छ ।

यसपालीको महाधिवेशनमा प्रमुख दुई नेताबीचको प्यानलबीच प्रतिस्पर्धा हुने संकेत देखिएको छ । दुवै पक्षको तर्फबाट प्यानलवाइज उम्मेदवारी घोषणा गर्ने तयारी विद्यार्थी नेताहरुको छ ।

संस्थापन तथा अध्यक्ष ओली पक्षबाट अध्यक्षमा नविना लामा, चार उपाध्यक्षमा महेश बर्तौला, रश्मी आचार्य, शैलेश लामा, सुनिता बराल र महासचिवमा ऐन महरको उम्मेदवारी पर्ने निश्चित् भएको छ । त्यस्तै, नेता नेपाल पक्षबाट अध्यक्षमा दिपक गौतम, चार उपाध्यक्षमा राधिका खतिवडा, सरोज यादव, जीवन राई, निलकण्ठ आचार्य र महासचिवमा अब्दुल हुसेन खाँले उम्मेदवारी दिने अध्यक्षका प्रत्यासी गौतमले बताउनुभयो ।

वि.सं. २०२२ साल जेठ १ गते स्थापना भएको अनेरास्ववियुको या २२ औं महाधिवेशनसम्म आइपुग्दा संगठनको नेतृत्व गर्ने विद्यार्थी नेताहरु अहिलेको मूलधारको राजनीतिमा स्थापित हुनुभएको छ । सुजन खरेल संस्थापक अध्यक्ष रहेको अखिलको तत्कालिन सदस्यमा हालका कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा तथा उपसभापति रामचन्द्र पौडेल पनि हुनुहुन्थ्यो ।

सुजन खरेल संस्थापक अध्यक्ष रहेको अखिलको तत्कालिन सदस्यमा हालका कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा तथा उपसभापति रामचन्द्र पौडेल पनि हुनुहुन्थ्यो ।

वि.सं. २०२६ पछि नेपाल विद्यार्थी संघ संस्था खोली देउवा र पौडेल अलग हुनुभएको अखिलका नेताहरुको भनाई छ । त्यस्तै, एमालेका नेताहरु भीम रावल, शंकर पोखरेल, योगेश भट्टराई, हिक्मत कार्की, ठाकुर गैरे, टंक कार्की, तुलबहादुर गुरुङ, गौरी प्रधान, विश्वकान्त मैनाली, रामकुमारी झाँक्री, माधव ढुंगेल लगायत अखिलको जिम्मेवारी सम्हालिसक्नु भएको छ ।

अखिलको जिम्मेवारीमा रहने विद्यार्थीहरुको राजनीतिक भविष्य उज्ज्वल रहनेगरेको हालका पदाधिकारीहरुको बुझाई छ । भृकुटीमण्डपमा विहिबार उद्घाटन हुने कार्यक्रमका बन्दसत्र कमलादीस्थित प्रज्ञा प्रतिष्ठनमा हुने आयोजकले बताएको छ । यसअघि २७ गते उद्घाटन हुने भनिएको महाधिवेशन कांग्रेस सभापति सुशील कोइरालाको निधनकाकारण एकदिन पछि २८ गतेकालागि तय गरिएको छ ।

उद्घाटसत्रमा वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम, महासचिव ईश्वर पोखरेलसहित अन्य नेताहरुको सहभागिता रहने महाधिवेशन मूल आयोजक कमिटका संयोजक महरले जानकारी दिनुभयो ।

उम्मेदवारले फोटोकपी साइजको अपिलपत्र मात्र प्रकाशन गर्न पाउने व्यवस्था गरिएको छ । तर उम्मेदवारले सामाजिक सञ्जाल, अनलाईन, न्यूमिडिया तथा सञ्चारमाध्यमको उपयोग गर्ने व्यवस्था गरेको उपाध्यक्षकी उम्मेदवार राधिनका खतिवडाले बताउनुभयो ।

महाधिवेशनलाई व्यवस्थित बनाउन अखिलले यसपल्ट चुनावी प्रचार प्रसारका लागि आचारसंहिता तय गरेको छ । उम्मेदवारले पर्चा, पम्पलेट, व्यानर, भित्तेलेखन कार्यक्रम गर्न नपाउने व्यवस्था आचारसंहितामा गरिएको छ । उम्मेदवारले फोटोकपी साइजको अपिलपत्र मात्र प्रकाशन गर्न पाउने व्यवस्था गरिएको छ । तर उम्मेदवारले सामाजिक सञ्जाल, अनलाईन, न्यूमिडिया तथा सञ्चारमाध्यमको उपयोग गर्ने व्यवस्था गरेको उपाध्यक्षकी उम्मेदवार राधिनका खतिवडाले बताउनुभयो ।

पार्टी निर्वाचन आयोगका संयोजक सोमप्रसाद प्यासीसहितलाई अखिलको निर्वाचन गराउने जिम्मेवारी दिइएको छ । त्यस्तै, पार्टी सचिव गोकर्ण विष्टको संयोजकत्वमा सात सदस्यीय अध्यक्ष मण्डल गठन गरिएको आयोजकले बताएको छ । करिब ५० लाख रुपियाँ खर्च हुने अनुमान गरिएको महाधिवेशनको उद्घाटनसत्रमा ४० हजार जति युवाको उपस्थिति गराउने लक्ष्य रहेको आयोजकले बताएको छ ।

तपाईको प्रतिक्रिया