आदिबासी र मधेसी समुदायले साझा लडाई लड्नुपर्छः यादव


vbnm (1)

गीता चौधरी

काठमाडौं, फागुन २ गते । सङ्घीय समाजवादी फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादवले आदिवासी जनजातिलाई मधेशी समुदायसँग मिलेर सरकार र प्रमुख दलका नेताहरुको ज्यादतिका विरुद्धको लडाइँमा सँगै मैदानमा उत्रिन आह्वान गर्नुभएको छ ।

मधेशी, आदिवासी जनजाति, थारु, दलित, महिला, मुश्लिम, सीमान्कृत र वर्षौदेखि उत्पीडनमा परेका समुदायलाई पहिचान र अधिकार नदिने सरकारको चक्रव्यूह तोड्न अब हिमाल, पहाड र तराईबाट एक साथ आन्दोलनको आँधीबेरी उठ्नुपर्छ यादबले भन्नुभयो ।

प्रथम शहीद लखन थापामगरको १३८ औ स्मृति दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासंघले हङकङमा आइतबार आयोजना गरेको अन्तरक्रियालाई सम्बोधन गर्दै यादवले उत्पीडित र शोषित समुदायलाई ‘फुटाउ र राज गर’ को नीति सरकार र प्रमुख दलले अख्तियार गरेकोले मधेशी र जनजाति सँगै मिलेर संघर्षलाई उत्कर्षमा पु¥याउनुको विकल्प नरहेको बताउनुभयो ।

‘मधेशी र जनजाति समुदायको उत्पीडिन, समस्या, दुःख र माग उस्ताउस्तै छन्’,– मिलेर संघर्षमा उत्रिनेबेला आइसकेको छ अध्यक्ष यादवले भन्नुभयो, ‘विभेद र उत्पीडन विरुद्धको जारी संघर्षमा पीडित समुदाय मिल्नुको विकल्प छैन ।’

‘मधेशी र जनजाति समुदायको उत्पीडिन, समस्या, दुःख र माग उस्ताउस्तै छन्’,– मिलेर संघर्षमा उत्रिनेबेला आइसकेको छ अध्यक्ष यादवले भन्नुभयो, ‘विभेद र उत्पीडन विरुद्धको जारी संघर्षमा पीडित समुदाय मिल्नुको विकल्प छैन ।’ अबको आन्दोलन हिमाल, पहाड र तराईबाट एकसाथ उठ्ने उहाँले दाबी गर्नुभयो ।

‘हामीले हिमाल, पहाड र तराईलाई जोडेर राष्ट्रिय एकता र अखण्डतालाई बलियो बनाउन चाहेका छौं तर प्रमुख तीन दलले विभिन्न समुदायको एकता र सद्भावलाई खण्डित गर्न चाहन्छन्’ यादवले आरोप लगाउनुभयो । प्रमुख दलका नेताहरुले मधेशी र जनजातिलाई अधिकारबाट बञ्चित गर्ने षड्यन्त्रमा लागेको उहाँले बताउनुभयो ।

मोर्चाको निर्णय बेगर विरगञ्ज सीमानाका षड्यन्त्रमूलक ढंगले बलप्रयोग गरी खुलाइएको दाबीगर्दै अध्यक्ष यादवले व्यक्तिगत स्वार्थमा लागेका केही नेताकै कारण देशको अवस्था बिग्रेको बताउनुभयो । राणा विरुद्ध आन्दोलन गरेर ज्यानको आहुति दिने वीर शहीद लखन थापाको योगदानबारे अध्यक्ष यादवले प्रशंसा गर्नुभयो । शहीद थापाको स्मृति दिवसमा सरीक हुन शनिवार राति यादव हङकङ जानुभएको   हो ।

तपाईको प्रतिक्रिया