राउटेहरुलाई प्रधानमन्त्री ओलीको तीनलाख रुपियाँ सहयोग


image-d107b8f09a174843eee4df8e61fdecca9e3427d3a87b559f84337bb49c9c235d-V

काठमाडौं, फागुन २ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले राउटे मुखियाहरुलाई तीनलाख रुपियाँ आर्थिक सहयोग प्रदान गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीकोतर्फबाट उहाँका स्वकीय सचिव रमेश भट्टराईले प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार उहाँहरुलाई सो आर्थिक सहयोग उपलब्ध गराउनु भएको हो । शुक्रबार प्रधानमन्त्रीलाई भेट्न राउटेहरुको एक प्रतिनिधिमण्डल काठमाडौं आएको थियो ।

आर्थिक सहयोग सँगै प्रधानमन्त्री ओलीले राउटे मुखियाहरुलाई लगाउने कपडासहित जुत्ता र अन्य सामग्री पनि उपलब्ध गराउनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दहालले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया