युवाहरुलाई ज्येष्ठनागरिक स्याहार गर्नेबारे दशदिने तालिम


jesth_photo

फाइल तस्विर

गीता चौधरी

काठमाडौं, फागुन ३ गते । ज्येष्ठ नागरिक स्याहारका लागि आवश्यक ज्ञान तथा सीप प्रदान गर्नेगरी सोमबारबाट यहाँ १० दिने ज्येष्ठनागरिक स्यहार तालिम शुरुभएको छ ।

महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय, एजिङ् नेपाल तथा होप हर्मिटेजको संयुक्त आयोजनामा शुरुभएको तालिम फागुन १४ गतेसम्म चल्ने एजिङ् नेपालका अध्यक्ष कृष्णमुरारी गौतमले जानकारी दिनुभयो । ज्येष्ठ नागरिकलाई उचित तरिकाबाट स्याहार्न विशेष ज्ञान तथा सीप सिकाउन २६ जना विभिन्न जिल्लाका युवाहरुलाई समेटेर तालिम सञ्चालन गरिएको गौतमले बताउनुभयो ।

उमेरले पाका भएपछि बाबुआमालाई घरमा स्याहार्न छाडी स्याहार सेन्टरमा हुल्ने प्रवृत्ति बढिरहेकाले युवाहरुलाई सोबारे आवश्यक ज्ञान र सीप सिकाउन तालिमको आयोजना पहिलो पटक युवाहरुका लागि शुरु गरिएको होप हर्मिटिजकी अध्यक्ष प्रमिला बज्राचार्यले बताउनुभयो ।

तालिमबाट युवाहरुले आमा बाबुलाई बढ्यौली अवस्थामा झन छोराछोरी, बुहारीको स्याहारको आवश्यकता पर्ने बेलामा घरबाट निकालेर स्याहार सेन्टरमा कोच्नु गलत भएको बारेमा प्रशिक्षण दिइने आयोजकले बताएको छ ।

तालिमबाट युवाहरुले आमा बाबुलाई बढ्यौली अवस्थामा झन छोराछोरी, बुहारीको स्याहारको आवश्यकता पर्ने बेलामा घरबाट निकालेर स्याहार सेन्टरमा कोच्नु गलत भएको बारेमा प्रशिक्षण दिइने आयोजकले बताएको छ । तालिम अवधिभर विभिन्न सेन्टरमा ज्येष्ठ नागरिकको समस्याबारे अवलोकन गराइने पनि आयोजकले बताएको छ ।

तालिमबाट युवाहरुले ज्येष्ठनागरिकको स्वास्थ्य समस्या र स्याहारबारेमा आवश्यक ज्ञान पाउने, सबैजना एकदिन बुढ्यौली अवस्थामा जानुपर्ने भएकाले समयमै सोबारे सचेत हुनुपर्ने विषयमा पनि जानकारी प्रदान गरिने एजिङ् नेपालका अध्यक्ष गौतमले बताउनुभयो ।

कार्यक्रमको उद्घाटनसत्रमा बोल्नुहुँदै महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय अन्तर्गतको ज्येष्ठ नागरिक इकाईका प्रमुख मिरा शेरचनले तालिमबाट सिकेको सीप र ज्ञानलाई युवाहरुले व्यवहारमा उतार्न आवश्यक रहेको बताउनुभयो । अहिलेको अवस्थामा युवाहरुबाटै बढ्यौली आमाबाबुलाई घरमा स्याहार गर्न छाडी अन्य सेन्टरमा हुल्ने प्रबृत्ति बढ्दैगएकाले युवाहरुले सोबारे बढी ज्ञान हासिल गर्नु आवश्यक रहेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया