मातृभाषा महोत्सवको राष्ट्रपति भण्डारीले उदघाटन गर्नुहुने


Matraibhasa

गीता चौधरी

काठमाडौं, फागुन ५ गते । अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानले यही फागुन ९ गते राष्ट्रिय मातृभाषा कविता महोत्सव आयोजना गर्ने भएको छ । महोत्सवका लागि ५४ भाषाका कविताहरुको छनौट भएको मातृभाषा विभागका कवितातर्फका संयोजक श्रबण मुकारुङ्ले बताउनुभयो ।

महोत्सवको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुहुने आयोजकले बताएको छ । प्रतिष्ठानले ९ गते मातृभाषा कविता महोत्सव र १० गते मातृभाषा विचारगोष्ठीको आयोजना गर्ने संयोजक मुकारुङले जानकारी दिनुभयो । विभिन्न भाषामा छनौट भएका कविता वाचन गरेबापत कविहरुलाई प्रसंशापत्र र नगद पनि उपलब्ध गराउने आयोजकले बताएको छ ।

प्रतिष्ठानले विभिन्न ११ जातजातिका झाँकीहरुको प्रदर्शन गराउने तयारी गरेको छ । जसमा थारु, मगर, गुरुङ, नेवार, भोजपुरी लगायतको झाँकीहरु प्रदर्शन गरिने छन् ।

कार्यक्रमलाई सफल बनाउन प्रतिष्ठानले विभिन्न ११ जातजातिका झाँकीहरुको प्रदर्शन गराउने तयारी गरेको छ । जसमा थारु, मगर, गुरुङ, नेवार, भोजपुरी लगायतको झाँकीहरु प्रदर्शन गरिने छन् । विचार गोष्ठीमा डा. नवराल लम्साल तथा अमृत योन्जनले कार्यपत्र प्रस्तुत गर्ने संयोजक मुकारुङ्ले बताउनुभयो ।

अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा प्रज्ञा प्रतिष्ठानले हरेक वर्ष मातृभाषा कविता महोत्सव मनाउँदै आएको छ ।

तपाईको प्रतिक्रिया