फोरम नेपालका पाँच केन्द्रीय सदस्यसहित चालिसले पार्टी त्यागे


Rijwan
काठमाडौ, फागुन ५ गते । संघीय समाजवादी फोरम नेपालका पाँच केन्द्रीय सदस्यसहित ४० जनाहरुले पार्टी परित्यागको घोषणा गरेका  छन ।

पत्रकार सम्मेलन गरेर बुधबार ती नेताहरुले पार्टीको साधारण सदस्य समेत नरहने गरी परित्यागको घोषणा गरेका हुन् ।
पार्टी परित्यागको घोषणा गर्नेहरुमा हालका केन्द्रीय सदस्यहरु रिजवान अन्सारी, बीरबहादुर लामा, नोर्साङ शेर्पा, राजकुमार यादव र रामेश्वर यादव छन् ।

त्यस्तै, सिन्धुपाल्चोक जिल्ला ईन्चार्ज नविन्द्रकुमार तामाङ, केन्द्रीय परिषद सदस्यहरु उपेन्द्र साह, शम्भु चौधरी, मेम्बर लो, रामेन्द्र साह, कलामुद्धिन अन्सारी, गणेश गिरी, हरि घिमिरे, अनवर अन्सारी, राम लामा, बारा जिल्ला पूर्व अध्यक्ष कलामुद्धिन मदानी छन् ।

सोहीअनुसार संघीय किसान महासंघका महासचिव बुद्ध लामा, सचिव पूर्णबहादुर श्रेष्ठ, महिला केन्द्रीय सदस्य टोकल तामाङ्ग, ताम्सालिङ्ग प्रदेश सदस्य बुद्धसिद्धी लामा, पूर्व केन्द्रीय सदस्य सिंहबहादुर तामाङ्ग, पूर्व पर्सा जिल्ला अध्यक्ष सरिफ मियाँ, पूर्व केन्द्रीय सदस्य सञ्चर बीर दोर र प्रेस फोरमका केन्द्रीय सदस्य अफरोज मंसुरीसहित रहेको सो समूहले बताएको छ ।

अन्सारीले राज्यसँग समानुपातिक समावेशीको मागगर्ने नेतृत्वले पार्टीको आन्तरिक लोकतन्त्रमा समावेशी समानुपातिक विरोधी चरित्रको विरोध गर्दा आफूहरु कारवाहीको भागीदारी बनेको गुनासो गर्नुभयो ।

पत्रकार सम्मेलनमा बोल्दै पार्टीभित्र फरक मत सहित गठन गरिएको संघीय नवविचार समूहका संयोजक रिजवान अन्सारीले राज्यसँग समानुपातिक समावेशीको मागगर्ने नेतृत्वले पार्टीको आन्तरिक लोकतन्त्रमा समावेशी समानुपातिक विरोधी चरित्रको विरोध गर्दा आफूहरु कारवाहीको भागीदारी बनेको गुनासो गर्नुभयो ।
फोरम नेपालले यसअघि नै चारजना नेतालाई पार्टी विधान विपरित कामकाज गरेको भन्दै कारवाही गरेको थियो ।

तपाईको प्रतिक्रिया