आन्दोलनलाई सशख्त बनाउन थरुहट पार्टीले कमाण्ड तोक्यो


Tharuhat

काठमाडौं, फागुन ६ गते । थरुहट तराई पार्टी नेपालले आफ्नो राष्ट्रिय सम्मेलन आगामी २०७३ वैशाख १७ र १८ गते नवलपरासीमा गर्ने निर्णय गरेको छ ।

फागुन ३ र ४ गते वर्दियाको जोतपुरमा सम्पन्न पार्टीको केन्द्रीय कार्य समितिको बैठकले त्यस्तो निर्णय गरेको हो । त्यस्तै, सो पार्टीले फागुन मसान्तभित्र गाउँ, नगर समितिको अधिवेशन गरिसक्ने, चैत १५ भित्र क्षेत्रीय अधिवेशन र चैत मसान्तसम्म जिल्ला अधिवेशन सक्ने निर्णय गरेको पार्टीका सचिव मिनराज चौधरीले बताउनुभयो ।

त्यस्तै, बैठकले थारु आन्दोलनलाई सशख्त बनाउन निर्णय गर्दै फागुन मसान्तभरी भित्तेलेखन, भण्डाफोर तथा जनजागरण अभियान, अन्तरक्रिया, कोणसभा र मसालजुलुश प्रदर्शन गर्ने निर्णय गरेको छ । त्यसकालागि थरुहट संयुक्त संघर्ष समिति, आदिबासी जनजाति राष्ट्रिय आन्दोलन, मधेसवादी दल तथा आदिबासी जनजातिका संगठनहरुसँग समन्वय र सहकार्य गरेर अगाडि बढ्ने बताएको छ ।

झापा, मोरङ, सुनसरी, उदयपुर, सप्तरी, सिराहा, धनुषा र महोत्तरी जिल्लालाई समेटेर पूर्वी कमाण्ड र त्यसको संयोजकमा पार्टी उपाध्यक्ष हरिनारायण चौधरीलाई जिम्मेवारी दिएको छ ।

पार्टीको संगठन विस्तारका लागि तीनवटा कमाण्ड तोकेको छ । जसमा झापा, मोरङ, सुनसरी, उदयपुर, सप्तरी, सिराहा, धनुषा र महोत्तरी जिल्लालाई समेटेर पूर्वी कमाण्ड र त्यसको संयोजकमा पार्टी उपाध्यक्ष हरिनारायण चौधरीलाई जिम्मेवारी दिएको छ । सोहीअनुसार बारा, पर्सा, चित्तवन, नवलपरासी, रुपन्देही र कपिलबस्तुलाई समेटेर मध्ये कमाण्ड तोकेको छ । त्यसको संयोजक उपाध्यक्ष गंगा चौधरीलाई बनाएको छ ।

बारा, पर्सा, चित्तवन, नवलपरासी, रुपन्देही र कपिलबस्तुलाई समेटेर मध्ये कमाण्ड तोकेको छ । त्यसको संयोजक उपाध्यक्ष गंगा चौधरीलाई बनाएको छ ।

त्यस्तै, दाङ, सुर्खेत, बाँके, वर्दिया, कैलाली र कञ्चनपुर जिल्ला समेटेर पश्चिम कमाण्ड बनाएको छ । त्यसको संयोजकमा उपाध्यक्ष नन्दकुमार चौधरीलाई जिम्मेवारी दिइएको सचिव मिनराज चौधरीले बताउनुभयो । सोहीअनुसार काठमाडौं उपत्यका संयोजकमा मिनराज चौधरी र सदस्यमा नुनुराम चौधरी, सोनु चौधरी, नारायणी चौधरीलाई जिम्मेवारी तोकेको छ ।

सचिव चौधरीकाअनुसार पार्टीको संगठानिक प्रशासनिक व्यवस्थापनका लागि महासचिव शम्भुप्रसाद चौधरीलाई जिम्मेवारी दिइएको छ । केन्द्रीय कमाण्ड र राजनीतिक दल र अन्तर्राष्ट्रिय नियोगसँगको समन्वयका लागि पार्टी अध्यक्ष भानुराम थारु र वरिष्ठ नेता गोपाल दहितलाई जिम्मेवारी दिइएको छ ।

Tharuhat1

तपाईको प्रतिक्रिया