चित्तवनको मेघौलीमा थारु साँस्कृतिक मिनि महोत्सव हुने


Meghauli

चितवन, फागुन ६ गते । पश्चिम चितवनको पर्यटकीय क्षेत्र मेघौलीमा साँस्कृतिक मिनि महोत्सव २०७२ हुने भएको छ । थारु साँस्कृतिक संग्राहलय नारायणी नगरपालिका–२ को आयोजनमा यही फागुन ११ देखि १३ गतेसम्म तीन दिन साँस्कृतिक महोत्सव आयोजना हुन लागेको हो ।

आयोजक कमिटिले भरतपुरमा पत्रकार सम्मेलनगरि मेघौली खेल मैदानमा हुने साँस्कृतिक मिनि महोत्सवको बारेमा जानकारी गरायो । सो क्षेत्रमा बसोबास गर्ने विभिन्न जातजातिको मौलिक सँस्कृति एवंम् धार्मिक परम्परा भेषभुषाको संरक्षण एवंम् विकासका लागि महोत्सव आयोजना गर्न लागिएको साँस्कृतिक मिनि महोत्सवका संयोजक मायाराम चौधरीले जानकारी दिनुभयो ।

विभिन्न जातजातिको मौलिक सँस्कृति एवंम् धार्मिक परम्परा भेषभुषाको संरक्षण एवंम् विकासका लागि महोत्सव आयोजना गर्न लागिएको साँस्कृतिक मिनि महोत्सवका संयोजक मायाराम चौधरीले जानकारी दिनुभयो ।

उहाँले महोत्सवको तयारी अहिले धमाधम भईरहेको जानकारी दिनुभयो । यस महोत्सवले मैघौलीको जैविक विविधता, धार्मिक तथा ऐतिहासिक स्थलहरु विक्रम बाबा, भोजराज बाबा, थारु, कुमाल, दराई, मगरआदिको साँस्कृतिक संग्राहलयको संरक्षण र विकासको साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा प्रचार–प्रसार गर्न महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो ।

सो महोत्सव आयोजना गर्नका लागि कुल ५ लाख ८० हजार रुपैयाँ खर्च र ७ लाख ४० हजार रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ । महोत्सवमा स्थानीय विभिन्न जातजातिको भेषभुषा, झाकीहरु, स्थानीय खानाका परिकार, स्थानीय साँस्कृतिक झलक, होली चिरदाहलागयतका कार्यक्रमहरु रहेन साँस्कृतिक उपसमितिका संयोजक हरिचन्द्र महतोले जानकारी दिनुभयो ।

Maghi2

तपाईको प्रतिक्रिया