पश्चिमी बायुको प्रभावका कारण देशभर शनिबार बदली हुने


weather

काठमाडौँ, फागुन ८ गते । पश्चिमी वायुको प्रभावकाकारण शनिबार देशभरको मौसममा बदली आएको छ । सो वायुको प्रभावले देशभरको मौसम बद्ली हुनुका साथै पश्चिमी भेगमा अहिले हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखा काठमाडौंले जनाएको छ ।

पश्चिमका केही ठाउँमा हल्का वर्षा र उच्च हिमाली भेगमा सामान्य हिमपातसमेत भएको मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पश्चिमी वायुको प्रभावले गएराति देखिनै काठमाडौँ उपत्यकासहित देशभर बद्ली भएको छ, यो क्रम दिनभर जारी रहन्छ, भोलि (आइतबार) देखि मौसममा सुधार आउनेछ ।”

महाशाखाका अनुसार देशका मध्य र पूर्वी भेगका केही स्थानमा पनि हल्का वर्षा हुने सम्भावना छ । रातिदेखि नै आकाशमा बादल लागेकाले आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम अघिल्लो दिनको तुलनामा बढेर ११.५ डिग्रीसेल्सियस पुगेको छ ।

न्यूनतम तापक्रम बढे पनि उपत्यकासहित देशभर बद्ली हुँदा आज बढी चिसो महसुस गरिएको छ । रासस

तपाईको प्रतिक्रिया