त्रिभुवन उच्चमाविको ५६ औं वार्षिकत्सव


Trinagar

धनगढी, फागुन ८ गते । त्रिभुवन उच्चमावि वोराडाँडीको ५६ औं वार्षिकोत्सव कार्यक्रम शुक्रवार विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अम्मरवहादुर विष्टको सभापतित्वमा भएको सो कार्यक्रममा कैलाली वहुमुखि क्यामपसका प्रमुख सुरेन्द्र चन्द प्रमुख अतिथि हुनुहुन्थ्यो । कार्यक्रमा विद्यालयका प्रार्चाय सिताराम अवस्थिले विद्यालयको वार्षिक आयव्याय प्रस्तुत गर्नुभएको थियो ।

सोहि अवसरमा हालै भारतमा समपन्न साग खेलकुद प्रतियोगितामा कास्यपदक विजेता पुर्व विद्यार्थी हेमराज पनेरु र ललिता विष्टलाई सम्मान गरिएको थियो । त्यस्तै एसएलसी र कक्षा १२ मा सर्वोत्कृष्ट नतिजा ल्याउने रामसुरेश राना र रञ्जु पोखरेललाई नगद र प्रमाणपत्रसहित सम्मान गरिएको थियो ।

सोहि अवसरमा हालै भारतमा समपन्न साग खेलकुद प्रतियोगितामा कास्यपदक विजेता पुर्व विद्यार्थी हेमराज पनेरु र ललिता विष्टलाई सम्मान गरिएको थियो ।

अविभावकको तर्फवाट हर्जितनाथ र खेलकुद क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै व्यवस्थापन समितिका सदस्य दिपेन्द्र सिंहलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा विशिष्ट अतिथि ऐश्वर्य वहुमुखि क्याम्पसका प्राचार्य धर्मदेव भट्ट, शैक्षिक तालिम केन्द्र धनगढीका प्रमुख चेतराज पन्त लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया