शैक्षिक आन्दोलनलाई अगाडि बढाउँछुः नवनिर्वाचित अध्यक्ष लामा


Nabina

काठमाडौं, फागुन १० गते । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) की नवनिर्वाचित अध्यक्ष नविना लामाले विद्यार्थी आन्दोलनको गौरवमय इतिहासलाई कायम राख्दै अब शैक्षिक क्षेत्र सुधारका लागि आन्दोलन गर्ने बताउनुभएको छ ।

अनेरास्ववियुको २२औं राष्ट्रिय अधिवेशनबाट अध्यक्षमा विजयी लामाले विद्यार्थी आन्दोलनको एजेन्डा सिंगो मुलुकको समृद्धि र निर्माणका लागि हुनुपर्छ भन्नुभयो ।

टायर बाल्ने, तोडफोड गर्ने आन्दोलनको चरण अब सकियो, मेरो कार्यकालमा संगठनको आन्तरिक एकतालाई बलियो बनाएर शैक्षिक आन्दोलनलाई अगाडि बढाउँछुँ भन्नुभयो ।

टायर बाल्ने, तोडफोड गर्ने आन्दोलनको चरण अब सकियो, मेरो कार्यकालमा संगठनको आन्तरिक एकतालाई बलियो बनाएर शैक्षिक आन्दोलनलाई अगाडि बढाउँछुँ भन्नुभयो । ‘जित एकैपटक दुवैको सम्भव थिएन, मेरो जित भयो, तर संगठन चलाउन मेरा प्रतिस्पर्धी दीपक गौतमको सदा सल्लाहरसुझाव लिनेछु’ लामाले भन्नुभयो ।

अनेरास्ववियुको अध्यक्षमा लामा विजयी भइरहँदा उहाँको प्रतिस्पर्धी गौतमले हार्दिकतापूर्वक हात मिलाएर बधाई तथा शुभकामना दिनुभएको थियो । अध्यक्ष लामाले आफूले संगठनमा सबैलाई समेटेर लैजाने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

राजनीति तथा राज्यको नीति निर्माण गर्ने तहमा ५० प्रतिशत महिलाको सहभागिताका लागि योजना बनाएर अभियानका रुपमा सञ्चालन गर्ने तयारी उहाँले सुनाउनुभयो । नीतिनिर्माण गर्ने तहमै महिला नभएसम्म महिलाको पहुँच वृद्धि हुँदैन’, लामाले भन्नुभयो संगठनले ७० वर्षको इतिहासमा लामो संघर्षपछि जारी भएको नेपालको संविधान कार्यान्वयन गराउनका लागि ‘संविधान कार्यान्वयन अभियानमा पनि जोड दिनेछ ।’ ‘देशभर अनेरास्ववियुका कार्यकर्ता छन्, यो क्रियाशील र गतिशील विद्यार्थी संगठन हो, ७५ वटै जिल्लामा संविधान कार्यान्वयन अभियान चलाउने योजना छ ।’

नीतिनिर्माण गर्ने तहमै महिला नभएसम्म महिलाको पहुँच वृद्धि हुँदैन’, लामाले भन्नुभयो संगठनले ७० वर्षको इतिहासमा लामो संघर्षपछि जारी भएको नेपालको संविधान कार्यान्वयन गराउनका लागि ‘संविधान कार्यान्वयन अभियानमा पनि जोड दिनेछ ।’

विद्यार्थी संगठनहरुलाई बेलाबेलामा आर्थिक अनियमितता, कम पढेका विद्यार्थी राजनीतिमा लाग्ने जस्तो आरोप लाग्ने गरेकाले आर्थिकरुपमा पारदर्शी, पढेलेखेका दक्ष तथा क्षमतावान विद्यार्थीे मात्र अनेरास्ववियुमा संगठित हुन्छन् भन्ने बनाउन आफू लाग्ने लामाले बताउनुभयो । अनेरास्ववियुको नेतृत्व गर्ने अध्यक्ष पदमा निर्वाचित हुने लामा दोस्रो महिला अध्यक्ष हुनुहुन्छ । यसअघि वर्तमान नेकपा एमाले केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले अध्यक्षको रुपमा नेतृत्व गरिसक्नुभएको छ ।

यसअघि लामा संगठनको महासचिवको जिम्मेवारीमा हुनुहुन्थ्यो । अध्यक्ष लामाले ८६५ मत प्राप्त गरी विजयी बन्नुभएको हो । उहाँको प्रतिद्वन्द्वी दीपक गौतमले ६४९ मत प्राप्त गर्नुभयो ।

अध्यक्षमा लामाले २१६ मत बढी ल्याएर विजयी हुनुभयो । कुल मत १५९७ रहेकामा १५१९ मत खसेको थियो । यस्तै, उपाध्यक्षमा रश्मी आचार्यले ७४२, सुनिता बराल ७२१, महेश बर्तौला ७८४ र शैलेश लामा ६८२ मत प्राप्त गरी विजयी हुनुभयो । लामा समूहकै चारवटै उपाध्यक्षमा निर्वाचित हुनुभएको छ ।

गौतम समूहका उपाध्यक्षमा जीवन राई ६३२, राधिका खतिवडा, ६७९, नीलकण्ठ आचार्य ५४६ र सरोज यादवको ६३५ मत आयो ।
सोहीअनुसार महासचिवमा लामा समूहकै ऐन महर ८३१ मत प्राप्त गरी विजयी हुनुभयो भने उहाँको प्रतिस्पर्धी अब्दुल हुसेन खाँले ६६७ मत प्राप्त गरी पराजित हुनुभयो ।

सचिवमा आरसी लामिछाने, समिक बडाल, मकर खड्का, सुदेश पराजुली, आरती लामा, वासिम आलम र अमृत बुढा निर्वाचित हुनुभयो । कोषाध्यक्षमा झपिन्द्र खत्री निर्वाचित हुनुभयो । त्यस्तै, सचिवालय सदस्यमा पनि लामा पक्षकै बहुमत रहेको छ ।

सचिवालय सदस्यहरुमा उमेश आचार्य, अर्जुन अधिकारी, डम्बर अधिकारीलगायत लामा पक्षबाट विजयी हुनुभएको छ भने गौतम पक्षबाट यशु लामा, केशरी रेग्मी, लोकश निरौला विजयी हुनुभयो ।  अनेरास्ववियुको १७ पदाधिकारीसहित १४१ जनाको केन्द्रीय कमिटी छ । त्यसमा गौतम समूहबाट जम्मा २७ जनामात्र निर्वाचित हुनुभयो ।

तपाईको प्रतिक्रिया