अभिनेत्री चौधरीको निधनप्रति संघको दुःख व्यक्त


Sita devi

काठमाडौं, फागुन १२ गते । थारु भाषाको प्रथम चलचित्र करम बाट अभिनय शुरु गर्नुभएकी समाजसेवी सीतादेवी चौधरीको निधनको विहिबार तेह्रौदिन पुग्नेभएको छ । उहाँको निधनप्रति थारु चलचित्र संघले दुःख व्यक्त गरेको छ ।
तेह्रौं दिनको पुण्यतिथीमा थारु चलचित्र तथा सांस्कृतिक संघले अभिनेती चौधरीप्रति श्रद्धासुमन व्यक्त गरेको छ । कलाकार तथा चलचित्र संघका वरिष्ठ उपाध्यक्ष रामलाल चौधरीका अनुसार अभिनेत्री चौधरी मिलनसार तथा अभिनयमा सशख्त हुनुहुन्थ्यो ।
फागुन १ गते बानेश्वरमै अभिनेत्री चौधरीको ६२ वर्षको उमेरमा निधन भएको थियो । सुनसरीमा जन्मिनुभएकी चौधरी पछिल्लो समय नयाँ बानेश्वरमै बस्दै आउनुभएको संघका वरिष्ठ उपाध्यक्ष चौधरीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया