उसुको रजत विजेता चौधरीलाई नगदसहित सम्मान

Rajesh

धनगढी, फागुन १३ गते । हालै सम्पन्न बाह्रौं सागमा ५६ किलो उसुको सान्सौंतर्फ रजतपदक विजेता राजेश चौधरीलाई सुदूरपश्चिमाञ्चल एकेडेमीले नगदसहित सम्मान गरेको छ ।

एकेडेमीको विहिबार आयोजित अभिभावक दिवसको अवसरमा रजत विजेता चौधरीलाई पाँच हजार रुपैयाँ नगदसहित प्रसंशापत्रले सम्मान गरिएको हो । चौधरी सो एकेडेमीको कक्षा १२ मा अध्ययनरत् हुनुहुन्छ । उहाँलाई एकेडेमीका निर्देशक सुवासबहादुर शाहीले सम्मान    गर्नुभयो ।

एसपिएबाट सम्मान पाएपछि चौधरीले आफूलाई खेलमा थप हौसला मिलेको बताउनुभयो । अरु खेलाडीलाई पनि यस्तै सम्मान तथा प्रसंशा गर्नसके खेलाडीको मनोबल बढ्ने र राम्रो नतिजा आउने विश्वास चौधरीले गर्नुभयो । सो अवसरमा खेलाडि चौधरीले एकेडेमीलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

सो एकेडेमिले सागमा प्राप्त गरेको सो सम्मानका लागि महत्वपूर्ण उपलब्धी र राष्ट्रकै गौरव बढाउने काम भएको भनी उच्च प्रसंशा गरेको छ । एकेडेमीको अभिभावक दिवसमा विभिन्न साँस्कृतिक कार्यक्रम गरिएको छ ।

क्याम्पस प्रमुख पुष्पराज जोशीको सभापतित्वमा भएको कार्यक्रममा क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष योगेन्द्र बहादुर शाही, निर्देशक सुवासबहादुर शाही, अभिभावकहरु दुर्गाप्रसाद जोशी, चयनसिंह थापा, उपप्रध्यापक कटकबहादुर जप्रेल, रेडक्रसका प्राथमिक उपचार प्रशिक्षक खगेन्द्रराज जोशी, ज्येष्ठ विद्यार्थी पूर्णानन्द जोशीलगायतले मन्तव्य व्यक्त गर्नुभयो ।

सहायक क्याम्पस प्रमुख बुधराम चौधरीले स्वागत गर्नुभएको औपचारिक कार्यक्रममा प्लस टु तहमा आआफ्नो संकायमा सर्वाेत्कृष्ट अंक ल्याई उत्तीर्ण भएका विपना ठकुल्ला, पिटर न्यौपाने, लोकेन्द्र देउवा र धनबहादुर शाहलाई जनही तीन हजार नगदसहित सम्मान गरिएको थियो ।

यस्तै स्नातक तहमा सर्वाेत्कृष्ट अंक ल्याउने तेजराज जोशी, केशवसिंह महता र वसन्त उप्रेतीलाई पनि जनही तीन हजार सहित पुरस्कृत गरिएको थियो । प्लस टु अन्तर्गत कक्षा ११ को परीक्षामा उत्कृष्ट भएका शान्ता जोशी, हेमराज जोशी, किरण बम र गणेश भट्टलाई पुरस्कार प्रदान गरिएको छ ।

सो अवसरमा स्नातक प्रथम र द्वितीय वर्षमा प्रथम भएका तारा मन्नी, लक्ष्मण भट्ट र अदिप चौधरीलाई पनि पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको सो क्याम्पसले जनाएको छ । कार्यक्रममा विद्यार्थीहरुले गीत, नृत्य, प्रहसन, गजल र कविता लगायतको प्रस्तुती गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया