स्वास्थ्य अभिमुखीकरण कार्यक्रम सम्पन्न


Banke

नेपालगञ्ज, फागुन १३ गते । नेकपा (एमाले) बाँकै जिल्लाको स्वास्थ्य संस्था व्यस्थापन सम्बन्धि अभिमुखीकरण कार्यक्रम विहिबार सम्पन्न भएको छ ।

एमाले बाँके जिल्ला कमिटि स्वास्थ्य तथा जनसंख्या विभागकी इन्चार्ज अछरी पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा एमाले बाँकेका सांसद दलबहादुर सुनारले स्वास्थ्य सम्बन्धी चर्चागर्दै बाँकेलाई खुल्ला दिशामुक्त घोषणा गर्नुपर्ने धारणा राख्नुभयो ।

सांसद सुनारले स्वास्थ्यकर्मीहरुको जनतासँग नड र मासुको सम्बन्ध हुनेभन्दै जनतालाई स्वास्थ्य चेतना जगाउने काम पनि स्वास्थ्यकर्मीले गर्नुपर्नेमा जोड दिनुभयो । यसैगरी एमाले बाँकेका अध्यक्ष अशोक कोइरालाले स्वास्थ्य संस्था व्यवस्थापन तथा संचालन अभिमुखीकारण गोष्ठीमा सीकेका कुरा व्यवहारमा लागु गर्नुपर्ने बताउनुभयो ।

उहाँले आफ्नो गाउँ आफै बनाउँ अभियानले पारेको प्रभावजस्तै प्रभाव पर्नेगरी स्वास्थ्य क्षेत्रमा कामगर्न निर्देशन दिनुभयो । भागकी इन्चार्ज अछरी पोखरेलले स्थानिय स्वास्थ्य संस्था व्यवस्थापन तथा सञ्चालन निर्देशिका २०७१ ले गरेका व्यवस्थाको बारेमा जानकारी गराउनु  भयो ।

कार्यक्रममा कार्यक्रममा एमाले बाँकेका उपाध्यक्ष निरक गुरुङ, स्वास्थ्य तथा जनसंख्या विभागका सचिव रामबहादुर चन्द, स्वास्थ्य चौकि टिटिहरीयाका प्रमुख चन्द्रबहादुर खड्का लगायतले धारणा राख्नुभएको थियो ।

त्यस्तै, स्वास्थ्य विभागका खड्क रोका, प्रकाश गौतम, चन्द्रवहादुर खड्का, विनोद शर्मा, नवराज शाही, नन्द गिरी, लिलाधर बुढाथोकी, अम्मरसिह महतरा, विष्णु गौतम, रन्तलाल शर्मा लगायले स्वास्थ्य विभागलाई चुस्त दुरुस्त बनाउनमा जोड दिनुभयो ।

तपाईको प्रतिक्रिया