थरुहटको दवावपछि इन्सेकले भन्यो, ‘सामग्री सच्याउँर्छौ’


Insec
काठमाडौं, फागुन १४ गते । थरुहट थारुवान संयुक्त संघर्ष समिति कैलालीको मागअनुसार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले वर्ष पुस्तक २०१६ मा आएको टीकापुर घटना विवरणमा कमजोरी भएको भन्दै सच्याउने प्रतिवद्धता जनाएपछि दुवैपक्षबीच सहमति बनेको छ ।

इन्सेकको वर्षपुस्तकमा थरुहट आन्दोलनको आक्रमणबाट दुइवर्षे बालक टेकबहादुर साउँदको मृत्यु भएको खवरलाई फोटोसहित पुस्तकमा प्रकाशन भएपछि थरुहट पक्षले त्यसको विरोध गरेको थियो । प्रहरीहरुको मृत्यु आन्दोलनकारीको तर्फबाट भएको थरुहटले जिम्मा लिने तर दुईवर्षे बालकको मृत्यु थरुहट आन्दोलनकारीले नगरेको थरुहट पक्षको भनाई छ ।

इन्सेकलाई पुस्तकमा उल्लेखित सामग्री सच्याउन पन्ध्रदिने अल्टिमेटम गत सोमबार थरुहट पक्षले दिएको थियो । इन्सेक क्षेत्रीय कार्यालय धनगढीमा थरुहट र इन्सेक पक्षबीच भएको वार्तामा सो घटनापछि रिपोर्टिङका आधारमा, पीडित र प्रशासनको भनाईलाई आधार मानेर पुस्तकमा सो प्रसंग उल्लेख गरिएको तर सो बालकको मृत्यु थरुहट पक्षबाटै भएको पुष्टि भइनसकेकाले वर्ष पुस्तकमा सो सामग्री सच्याउने इन्सेकले प्रतिवद्धता गरेको छ ।

“कतिपय सन्दर्भमा प्रकाशित विवरणका बारेमा असहमतिहरू हुन सक्छन् । त्यस्ता विषयहरूलाई इन्सेकले सिकाइका रूपमा लिई सच्याउने र आफ्ना अभिलेखहरूको अद्यावधिक गर्ने कार्यगर्दै आएको जानकारी गराउन चाहन्छौँ” अध्यक्ष प्याकुरेलद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

इन्सेकको अन्य प्रकाशनमा समेत सो विवरणलाई सच्याउने प्रतिवद्धता आएपछि थरुहट संघर्ष समितिले त्यसलाई स्वागत गरेको छ । संघर्ष समिति कैलालीका प्रवक्ता माधव चौधरीका अनुसार दुई पक्षीय वार्तामा इन्सेकका प्रतिनिधिहरुले गल्ती भएको स्वीकार गर्नुभई अद्यावधिक गर्ने प्रतिवद्धता जनाउनुभएको चौधरीले हमार पहुरालाई बताउनुभयो । काम गर्दैजाँदा गल्ती हुन्छ, तर त्यसलाई स्वीकार गर्नु ठूलो विषय हो भन्दै चौधरीले इन्सेकको सो प्रतिवद्धता स्वागतयोग्य भएको बताउनुभयो ।

इन्सेक सुदूरपश्चिम क्षेत्रीय कार्यालयका संयोजक खडकराज जोशीले पीडित, स्थानीय र प्रशासनले दिएको आधारमा वर्षपुस्तकमा सामग्री प्रकाशन गरिएको भएपनि बालकको मृत्युको विषयमा केही अपुष्ट सामग्री प्रकाशन हुन गएकोमा त्यसलाई सच्याएर प्रकाशन गर्ने प्रतिवद्धता आफूहरुले गरेको स्वीकार गर्नुभयो ।

“देशको संविधान त संशोधन गर्न सकिन्छ भने, इन्सेकको वर्ष पुस्तकलाई सच्याउन के गाह्रो कुरा हो हामी गल्ती भएको विषयलाई सच्याउँछौं” जोशीले भन्नुभयो । बालकको हत्याको थप अनुसन्धानका लागि दुवै पक्षबाट सहयोग गर्ने कुरा भएको उहाँले हमार पहुरालाई जानकारी दिनुभयो ।

“देशको संविधान त संशोधन गर्न सकिन्छ भने, इन्सेकको वर्ष पुस्तकलाई सच्याउन के गाह्रो कुरा हो हामी गल्ती भएको विषयलाई सच्याउँछौं” जोशीले भन्नुभयो ।

इन्सेकका अध्यक्ष सुवोधराज प्याकुरेलले धनगढीमा भएको दुईपक्षीय छलफलकै आधारमा केन्द्रीय कार्यालयबाट विज्ञप्ती प्रकाशन गर्नुभएको छ । “कतिपय सन्दर्भमा प्रकाशित विवरणका बारेमा असहमतिहरू हुन सक्छन् । त्यस्ता विषयहरूलाई इन्सेकले सिकाइका रूपमा लिई सच्याउने र आफ्ना अभिलेखहरूको अद्यावधिक गर्ने कार्यगर्दै आएको जानकारी गराउन चाहन्छौँ” अध्यक्ष प्याकुरेलद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

टीकापुर घटनाकाबारेमा सत्यतथ्य बाहिर ल्याउने कार्यमा इन्सेक सधैं क्रियाशील रहने प्रतिवद्धता दोहो¥याउँदै थरुहट थारुवान संयुक्त संघर्ष समितिसँग यस काममा सहयोग गर्न विनम्रतापूर्वक आग्रह गर्दछौं विज्ञप्तीमा भनिएको छ । घटना लगत्तै स्थलगत अध्ययनका क्रममा स्थानीय प्रत्यक्षदर्शी, पडित, स्थानीय प्रशासनसँगको कुराकानीका आधारमा विवरण वर्ष पुस्तकमा प्रकाशन गरिएको अध्यक्ष प्याकुरेलको प्रष्टोक्ति छ ।

हेर्नुहोस् इन्सेक केन्द्रबाट जारी विज्ञप्तीको पूर्ण अंश

Insec Press release

तपाईको प्रतिक्रिया