नेताको जालझेल सहन नसकेर पार्टी त्यागेंः सांसद चौधरी


Surendra

काठमाडौं, फागुन १५ गते । नेपाली कांग्रेसका सांसद तथा पर्सा जिल्ला सभापति सुरेन्द्रप्रसाद चौधरीले पार्टीभित्र आफूलाई अपहेलित गरेकैकारण सहन नसकेर पार्टी परित्याग गरेको बताउनुभएको छ ।

हमार पहुरा डटकम सँग शनिबार कुरागर्दै सांसद चौधरीले पार्टीका नेताहरुको एकाधिकार, स्वेच्छाचारिता, हेप्ने प्रबृत्तिकैकारण आफूले सहन नसकेर निस्कएको दावी गर्नुभयो । “मेरो आफ्नै अस्तित्व र पर्सानिलिटी छ, अरुको जमिन्दारीलाई म सह्य गर्न सकिनँ” चौधरीले भन्नुभयो ।

पार्टीका नेताहरुको एकाधिकार, स्वेच्छाचारिता, हेप्ने प्रबृत्तिकैकारण आफूले सहन नसकेर निस्कएको दावी गर्नुभयो । “मेरो आफ्नै अस्तित्व र पर्सानिलिटी छ, अरुको जमिन्दारीलाई म सह्य गर्न सकिनँ” चौधरीले भन्नुभयो ।

आदिबासी जनजाति, थारु, मधेसी लगायतको अधिकारका लागि आफू अभियानमा रहेको र पार्टीको अवरोधकाबीच वेवास्ता गरेर अभियानमा सक्रिय भएकैकारण पार्टीले आफ्नो चरित्रहत्या गर्ने प्रयास गरेको चौधरीले आरोप लगाउनुभयो । “म आफ्नै व्यक्तित्व भएको मान्छे हुँ, कुनै नेताको दवाव र शोषण सहन सकेन” उहाँले भन्नुभयो ।

पार्टी परित्याग गरेको घोषणा गरेपछि शीर्ष नेताहरुले मन्त्री पद दिन्छु भनेर फकाउने प्रयास गरिरहेको तर आफू कांग्रेसमा पुनः नफर्किने दावी गर्नुभयो । “कसैको लोभ, लालच र राजनीतिक जालझेलमा म फँस्दिन अब आफै पार्टी खोलेर चलाउँछु” चौधरीले भन्नुभयो ।

तीन–तीन पटक मन्त्रालयको जिम्मेवारी सम्हालिसक्नुभएका चौधरी बाणिज्य, आपूर्ति र विज्ञान प्रविधि मन्त्रालको जिम्मेवारी विगतमा सम्हालिसक्नुभएको छ । पर्सा क्षेत्र नं ४ बाट संविधानसभाको दोस्रो निर्वाचनमा प्रत्यक्ष निर्वाचित चौधरी पछिल्लो पटक कांग्रेस महाधिवेशनको प्रतिनिधिमा आफूलाई हराएको नौटंकी पार्टीका नेताले गरेको आरोप लगाउनुभयो ।

आफू जिल्लामा गएर महाधिवेशन प्रतिनिधिमा भाग समेत नलिएको भएपनि प्रतिनिधिमा हारेको हल्ला फैलाएर मेरो व्यक्तिगत चरित्रहत्या गर्ने काम पार्टीका नेताले गरेकाले आफू पार्टीबाट अलग हुने निस्कर्षमा पुगेको उहाँले बताउनुभयो ।

आफू जिल्लामा गएर महाधिवेशन प्रतिनिधिमा भाग समेत नलिएको भएपनि प्रतिनिधिमा हारेको हल्ला फैलाएर मेरो व्यक्तिगत चरित्रहत्या गर्ने काम पार्टीका नेताले गरेकाले आफू पार्टीबाट अलग हुने निस्कर्षमा पुगेको उहाँले बताउनुभयो । लिखित राजीनामा लेखेर पार्टीमा बुझाईसकेको बताउनुहुने चौधरीको अब संसद सदस्य पनि अन्त्य हुनेछ ।

आफू कुनै पार्टीमा प्रवेश गर्नुभन्दा चाँडै नयाँ पार्टी घोषणा गर्ने तयारीमा रहेको चौधरीले बताउनुभयो । आफूँसँगै चार पाँचसय कांग्रेस कार्यकर्ता पार्टी परित्याग गर्ने र आफूसँगै नयाँ पार्टीमा लाग्ने तयारी गरेको चौधरीले बताउनुभयो । पार्टीका नेताहरुको जालझेल र फट्याइँको सीमा नाघेकाले आफू पार्टीमा रहन नसकेको उहाँको भनाई छ ।

तपाईको प्रतिक्रिया