चित्तवनबाट पाँचवटा गैंडा वर्दिया निकुञ्जमा सार्ने तयारी


Rhinos

चितवन, फागुन १६ गते । चितवन राष्ट्रिय निकुञ्जबाट यही फागुन १९ गतेदेखि गैँडा स्थानान्तरण सुरु गरिने भएको छ । गैँडा बर्दिया राष्ट्रिय निकुञ्ज लग्न लागिएकोे हो ।

जसका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले बताउनुभयो । स्थानान्तरण गरिने पाँचमध्ये दुई वटा भाले र तीन वटा पोथी रहेका छन् । पहिलो दिन १९ गते दुई वटा र फागुन २३ गते तीन वटा गैँडा स्थानान्तरण गरिँदैछ ।

निकुञ्जको कसराको तल्लो भाग सुखीभारबाट गैँडा बर्दिया लैजान लागिएको हो । ती गैँडालाई बर्दियाको बबई उपत्यकामा छाडिने प्रमुख संरक्षण अधिकृत कँडेलले बताउनुभयो । पहिलो चरणमा गैँडा स्थानान्तरणका लागि ८३ लाख रपियाँ खर्च हुने अनुमान गरिएको छ । तयारीका लागि ३० वटा हात्ती, जनशक्ति, खोरलगायत आवश्यक उपकरण तयार गरिएको छ ।

तीन वर्षभित्रमा बर्दियामा २५ वटा गैँडा स्थानान्तरण गर्ने योजना रहेको उहाँले बताउनुभयो । जसमध्ये २० वटा पोथी र पाँचवटा भाले रहेका छन् । यो आर्थिक वर्षमा पाँचवटा मात्र लगिन लागेको हो ।

तीन वर्षभित्रमा बर्दियामा २५ वटा गैँडा स्थानान्तरण गर्ने योजना रहेको उहाँले बताउनुभयो । जसमध्ये २० वटा पोथी र पाँचवटा भाले रहेका छन् । यो आर्थिक वर्षमा पाँचवटा मात्र लगिन लागेको हो ।

बर्दियाको कर्णाली नदी तटमा हाल २९ वटा गैँडा छन् । सन् २००३ पछि सरकारले अहिले गैँडा स्थानान्तरण गर्न लागेको हो । सन् २००३ सम्म चितवन राष्ट्रिय निकुञ्जमा रहेका ८७ वटा गैँडा स्थानान्तरण भएका छन् । चितवनबाट बर्दिया राष्ट्रिय निकुञ्जमा ८२ र शुक्लाफाँटा वन्यजन्तु आरक्षमा पाँचवटा गैँडा स्थानान्तरण भएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ । चितवन निकुञ्जको पूर्वी क्षेत्र इचर्नीबाट त्यतिबेला गैँडा लगिएको थियो ।

चितवन राष्ट्रिय निकुञ्जका सरोकारवालाले पहिले सो क्षेत्रमा गैँडा किन म¥यो समीक्षा नगरी स्थानान्तरण गर्न लागिएको भन्दै त्यसको विरोध गरेका छन् । उनीहरुले गैँडा मर्नुको कारण खोजी गरी त्यो समस्या समाधान गरेर मात्रै स्थानान्तरण गर्नुपर्ने भए पनि विभागले हतार गरेको जनाएका छन् । उनीहरुले गैँडालाई उपयुक्त वासस्थान र सुरक्षा हुनुपर्ने माग गरेका छन् ।

तपाईको प्रतिक्रिया