पत्रकारलाई ट्रउमा सम्बन्धी तालिम


SAM_3114
काठमाडौं, फागुन १६ गते । ट्रउमा (आघात) परेका बेलामा पनि कसरी समाचार संकलन गर्ने तथा समाजलाई सुसूचित गराउने विषयमा तीनदिने पत्रकारिता तालिम आइतबार सम्पन्न भएको छ ।

नेपाल पत्रकार महासंघको आयोजना र अन्तर्राष्ट्रिय पत्रकार संघको सहयोगमा गत शुक्रबारदेखि शुरुभएको तािलममा जोखिमका बेला पत्रकारले कसरी समाचार संकलन गर्ने तथा आघातमा परेकाहरुसँग कसरी समाचार ल्याउने विषयमा प्रशिक्षकले प्रशिक्षण दिनुभएको    थियो ।

तीन दिनसम्म चलेको तालिममा डार्ट सेन्टरकी प्रशिक्षक एवं अष्ट्रेलियन मनोविज्ञ केइट र श्रीलंकन पत्रकार तथा मनोविज्ञ अमान्थाले प्रशिक्षण दिनुभएको थियो । आघात परेका बेला र परेकाहरुसँग पनि पत्रकारले सूचनाहरु ल्याउनुपर्ने भएकाले पत्रकारले सरल, नम्र र धैर्यशील भएर सूचनाका बारेमा जानकारी लिन चनाखो हुनुुपर्ने बताउनुभयो ।

SAM_3132

प्रशिक्षक अमन्थाले पत्रकारिता पेशा जहिले पनि संवेदनशील हुनुपर्ने पेशा भएकाले सानो कमजोरी गर्न पनि पत्रकारलाई छुट नहुने बताउनुभयो । जोखिममा सबैजना घटनास्थलबाट भाग्ने तर पत्रकार मात्र त्यस्तो वर्ग हो जो जोखिमतिर दौड्नुपर्छ भन्नुहुँदै पत्रकारलाई आत्मश्विास र आफूमा विस्वष्टता आवश्यक रहेको बताउनुभयो ।

नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले तालिमले जोखिमका बेला पनि पत्रकारले समाचार संकलनको विषयमा ज्ञान आर्जन गरेको विश्वास व्यक्त गर्नुभयो । प्राकृतिक विपत्ति र आघात परेका बेलामा कसरी पत्रकारले भूमिका निर्वाह गर्ने विषयमा प्रशिक्षार्थीले ज्ञान हासिल गरेको उहाँले बताउनुभयो । उहाँले तालिमका लागि सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो ।

तालिममा भूकम्प प्रभावित जिल्लाका १० तथा महासंघका केन्द्रीय सदस्यहरु गरी २५ जनाको सहभागिता रहेको थियो । प्रशिक्षकका लागि प्रशिक्षण कार्यक्रमबाट सिकेका पत्रकारले भूकम्प प्रभावित तथा जोखिमयुक्त जिल्लामा गएर पत्रकारलाई तालिम दिने महासंघले जनाएको  छ ।

कार्यक्रममा उज्ज्वल आचार्य, केइट, अमन्था लगायतले तालिमबाट सिक्ने र सिकाउने दुवैकाम भएको बताउनुभयो ।

SAM_3152

तपाईको प्रतिक्रिया