संविधानको पहिलो संशोधन २०७२ राष्ट्रपतिबाट प्रमाणिकरण


_MG_6070

काठमाडौं, फागुन १६ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधान (पहिलो संशोधन) २०७२ लाई आइतबार प्रमाणित गर्नुभएको     छ ।

राष्ट्रपति कार्यालयका प्रवक्ता खडानन्द ढकालका अनुसार व्यवस्थापिका संसदबाट पारित भई प्रमाणिकरणका लागि राष्ट्रपतिसमक्ष पेश भएपछि उहाँले संविधानको धारा २७४ उपदफा (१०) बमोजिम संविधानको प्रमाणिकरण गर्नुभएको हो ।

राज्यको सबै तहमा समानुपातिक व्यवस्था कायम गर्न तथा जनसंख्यालाई पहिलो र भूगोललाई दोस्रो आधार बनाएर निर्वाचन क्षेत्र निर्धारण गर्नेगरी संसद बैठकले संविधानको पहिलो संशोधन यसअघि पारित गरेको थियो ।

मधेसी र थारु समुदायले उठाउँदै आएको मागलाई सम्बोधन गर्न पहिलो संशोधन गरिएको हो । संविधानको पहिलो संशोधन भएपनि मधेसी, थारु, आदिबासी जनजाति सहित पछाडि परेका वर्गको अधिकार अझै सुनिश्चित् नभएको भन्दै सो वर्ग आन्दोलनरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया