नयाँबस्तीमा पहिलो पटक रानाथारु होमस्टे सञ्चालन


Rana tharu
दीपक उपाध्याय
कञ्चनपुर, फागुन १७ गते । नेपालमै पहिलो पटक राना थारु समुदायले कञ्चनपुरमा रानाथारु सामुदायिक होमस्टे शुरु गरेका छन्। राना संस्कृति र परम्परा जोगाउन तथा त्यसको माध्यमबाट आर्थिक उन्नति गर्न भीमदत्त नगरपालिका वडा नम्बर १४ र १६ नयाँ बस्तीका राना समुदायले होमस्टे संचालनमा ल्याएका हुन्।

बारसिंगाको बथानका लागि दक्षिण एशियामै प्रख्यात शुक्लाफाँटा वन्यजन्तु आरक्षको किनारामै राना समुदायले होम स्टे शुरु गरेपछि पर्यटन गतिविधि बढेको छ।

मंसिरको अन्तिम साता उदघाटन भएको नयाँ शैलीको होमस्टे अवलोकन र भ्रममणका लागि ३ महिनाको अवधिमा २ सयभन्दा बढी टोली आइसकेको रानाथारु सामुदायिक होमस्टेका अध्यक्ष समन रानाले बताउनुभयो ।

यहाँ आउने पर्यटनकालागि स्थानियहरुले राना समुदायको संकृति झल्कने नाचहरु समेत देखाउने गरेको अध्यक्ष रानाको भनाई छ । यसका लागि एउटा नाचको पाँचसय रुपैया तिर्नुपर्ने समेत अध्यक्ष रानाले बताउनुभयो ।

गाउँको चारैतिर पर्यटकहरु रमाउने प्रशस्त ठाउँ र सदरमुकाम महेन्द्रनगरबाट करिब तीन किलोमिटरको दुरिमा रानाथारु सामुदायको होमस्टे भएकाले नयाँ बस्तीको राना होमस्टे चर्चित बन्दै गएको छ । होमस्टे ले तीन दिनको प्याकेज बनाएर पर्यटकलाई घुमाउने योजना पनि बनाएको छ।

होमस्टे सञ्चालनका लागि सहयोग गरेका महेन्द्रनगरका होटल व्यवसायी परमानन्द भण्डारीले दोधारा चाँदनीको झोलुङ्गे पुल, शुक्लाफाँटा, रानीताल, पिपरैयाको हात्तीसार, हिरापुरको कृष्णसार संरक्षण केन्द्र, बेदकोट ताल, झिलमिला ताल, बाबाताल, सिंहपाल मन्दिर जस्ता पर्यटकीय ठाउँहरु रहेको बताउनुभयो ।

गाउँको चारैतिर पर्यटकहरु रमाउने प्रशस्त ठाउँ र सदरमुकाम महेन्द्रनगरबाट करिब तीन किलोमिटरको दुरिमा रानाथारु सामुदायको होमस्टे भएकाले नयाँ बस्तीको राना होमस्टे चर्चित बन्दै गएको छ । होमस्टे ले तीन दिनको प्याकेज बनाएर पर्यटकलाई घुमाउने योजना पनि बनाएको छ।

शुक्लाफाँटा आरक्ष र दोधारा–चाँदनीको पुल राना होम स्टेबाट नजिकै रहेका छन् भने बेदकोट र झिलमिला ताल अली टाढा छन्। शुक्लाफाँटाका वन्यजन्तुसहित आसपासका पर्यटकीय क्षेत्रको भ्रमणका लागि तीन दिनको समय पर्याप्त हुने भएपनि पर्यटकहरु हप्तौं रमाउन सक्ने मनोरम ठाउँ पनि पर्याप्त छन्।

चारैतिर पर्यटकीय ठाउँ भएकाले नयाँ बस्तीको राना होमस्टे सबै कुराले उपयुक्त भएको पर्यटन व्यवसायी अमरबहादुर शाहीले बताउनुभयो ।
२०४५ सालमा अर्जुनी ब्यारेक नजिकको आरक्षबाट नयाँबस्तीमा पुनस्र्थापित गराउँदा राना समुदाय दुखी बनेको थियो। सदरमुकाम नजिक बस्ती सारिएपछि रानाथारु समुदायका परम्परा र संस्कृति पनि विस्तारै हराउँदै थिए।

तर पुनर्स्थापनाको ३५ वर्षपछि घरघरमै पाहुनाको स्वागत गरेर आफ्नै संस्कृति र कला देखाई राना समुदाय नगद आम्दानी गर्न सक्षम भएको छ। राना थारु होमस्टेमा सादा खानाको १ सय ३०, मासु खाना साढे दुई सय र बासको प्रतिकोठा चारसय सय तिर्नुपर्ने व्यवस्था गरिएको छ ।

तपाईको प्रतिक्रिया