बर्दिवास, फागुन १८ गते । उज्यालो हुनासाथै काँधमा कोदालो भिरेर मुसा मार्न हिँड्ने महोत्तरीको बर्दिवास–२ को मुसहर बस्तीका केटाकेटीको दैनिकी फेरिएको छ ।
खेतबारीमा मुसाका प्वाल नियाल्दै समूह बनाएरै घन्टौँ मुसा मार्ने काममा तल्लीन हुने यस बस्तीका पाँच वर्षमाथिका बालबालिका अब बस्तीमै सञ्चालित ट्युसन कक्षामा पढ्न बस्न थालेपछि उनीहरुको परम्परागत दैनिकी फेरिएको हो । बर्दिवास–२ स्थित ५० घरको मुसहर बस्तीमा अहिले त्यसै बस्तीबाट एसएलसी उत्तीर्ण गरेर ११ कक्षामा अध्ययन जारी राखेका एकमात्र मञ्जय सादा मुसहरले बिहानी र सन्ध्याकालीन ट्युसन कक्षा चलाएका छन् ।
कक्षामा बस्तीका १० वर्षमुनिका बालबालिका कापी, कलम, स्लेट (पाटी) र खरी लिएर पढ्न बसेका देखिन्छन् । आफ्नो अशिक्षा, गरिबी र सामाजिक पछौटेपनप्रति कहिल्यै कुनै गुनासो नपोखेका मुसहर समुदायमा पछिल्लोपटक हास्यकलाकार धुर्मुस (सीताराम कट्टेल) र सुन्तली (कुञ्जना घिमिरे) को लगातारको प्रेरणाले पढ्नु र पढाउनुपर्ने चेत खुलेको देखिँदो छ ।
गत पुस र माघ गरी दुईपटक बर्दिवासको मुसहर बस्ती पुग्नुभएका हास्यकलाकारद्वय सुन्तली र धुर्मुसले नानीहरु पढाएपछि सामाजिक तथा आर्थिक हैसियतमा सकारात्मक सुधार आउन सक्ने कुरा सम्झाएपछि यो बस्तीमा नानी पढाउने कुरामा मुसहर अभिभावक सहमत भएका हुन् ।
“हामीले पनि नानीहरु पढाउनुपर्छ त भनेकै हौँ तर त्यसको प्रभाव मुसहरमा परेन,” मुसहर बस्तीसँगैको बस्तीका सामाजिक कार्यकर्ता गोविन्द पौडेलले भन्नुभयो – “तर धुर्मुस र सुन्तलीले उनीहरुको सोच फेरि दिनुभएको छ । अब मुसहर बस्तीका बालबालिका पढ्न थालेका छन् ।”

बस्तीका एकमात्र एसएलसी उत्तीर्ण मञ्जयले सञ्चालन गरेका ट्युसन कक्षामा अहिले ४० भन्दा बढी मुसहर बालबालिका पढ्न थालेका छन् । अब वैशाखमा सुरुहुने नयाँ शैक्षिकसत्रमा ६० जना बालबालिकाको औपचारिक शिक्षाका लागि बस्ती नजिकैको प्रारम्भिक तह कक्षा १ देखि १२ सम्म पठनपाठन हुने जनता उच्चमाध्यमिक विद्यालयमा भर्ना गरिने तयारी रहेको मुसहर बस्तीका अगुवा शिव सादा मुसहरले बताउनुभयो ।
“पढ्ने–लेख्ने कुरा त हाम्रा ‘मालिक’ का छोराछोरीको मात्रै हो जस्तो लाग्थ्यो,” – मुसहर बस्तीका अगुवा शिवु सादाले भन्नुभयो –“हँसाउने कलाकारका बूढाबूढी (सीताराम कट्टेल र कुञ्जनाको जोडी) ले हाम्रो आँखा खोलिदिए । अब हाम्रा नानीहरु सबै पढ्न स्कुल जानेछन् ।” बस्तीका आपूm काम गर्न जाने घरका किसान वा बस्तीका धनीमानीलाई मुसहर मालिकको सम्बोधन गर्ने गर्छन् ।
धुर्मुस र सुन्तलीले आफ्नो समुदायप्रति सद्भाव राख्दै मञ्जयलाई अझै पढ्न हौसला दिँदै पाँच हजार नगद दिएर दिएपछि उनले स–साना नानीको पढाइमा समेत ध्यान दिन थालेका शिवुको ठम्याइ छ ।
जम्मा ५० घरको मुसहर बस्तीमा पाँचदेखि १२ वर्षसम्मका करिब १०० बालबालिकामध्ये आधाजसो ट्युसन कक्षाको सम्पर्कमा आएका ट्युसन सञ्चालक मञ्जयको भनाइ छ । “अहिले नै ४० जना त नियमित कक्षामा आइरहेका छन्,” मञ्जयले भन्नुभयो – “बस्तीका अरू अभिभावकले पनि नानीहरु सम्पर्कमा ल्याइदिएका छन् । अब अर्को एकजना सहयोगी खोजेर थप ट्युसन कक्षा खोल्ने तयारी छ ।”
मुसहर बस्तीमा पढाइप्रति बढेको जागरणले सो बस्तीका मुसहरलाई सहयोग गर्न स्थानीय विद्यालय, नगरपालिका कार्यालय, खानेपानी संस्था र विद्युत् प्राधिकरणसहितका बर्दिवासस्थित कार्यालयले चासो बढाएका छन् ।
मुसहर बस्तीमा पढाइप्रति बढेको जागरणले सो बस्तीका मुसहरलाई सहयोग गर्न स्थानीय विद्यालय, नगरपालिका कार्यालय, खानेपानी संस्था र विद्युत् प्राधिकरणसहितका बर्दिवासस्थित कार्यालयले चासो बढाएका छन् ।
जनता उच्चमाध्यमिक विद्यालय बर्दिवासले मुसहर बालबालिकालाई लक्ष्यित गरी शैक्षिक सामग्री बक्स (कापी, कलम र पोसाक) सहित नामाङ्कनका लागि अघिल्लो शैक्षिकसत्र सुरु हुनु एक महिनापूर्व नै विशेष सचेतना अभियान चलाउने तयारी गरेको प्रधानाध्यापक नारायणप्रसाद अधिकारीले बताउनुभयो ।
त्यसैगरी, बर्दिवास नगरपालिकाले खानेपानी सरसफाइ उपभोक्ता संस्था, विद्युत् प्राधिकरण बर्दिवास उपशाखा र अन्य निकायसँग समन्वय गरेर मुसहर बस्तीमा खानेपानीको धारा, शौचालय निर्माण र सम्भार तथा विद्युत् मिटर जडानका लागि पहल थालेको नगरपालिकाका कार्यकारी अधिकृत रामकुमार कार्कीले जानकारी दिनुभयो ।
गत पुसमा पहलोपटक राजमार्ग क्षेत्र सरसफाइ अभियानका क्रममा पहिलोपटक बर्दिवास आउनुभएका हास्यकलाकारद्वय धुर्मुस र सुन्तलीको जोडी आफ्नो बस्तीमा आएर कुराकानी गरेपछि बस्तीका अभिभावक आफ्ना नानीलाई पढाउन तयार भएका र अन्य निकायले पनि बस्तीबारे चासो बढाएका बस्तीकै पाको उमेरकी ६० वर्षीया मानकी सादाले बताउनुभयो ।
खानेकुराको परिकारमा आफैँले मारेको मुसा पोलेर बनाइने चटनी र घोंङी (हिलोमा बस्ने जाँते किरा) को तरकारीका पारखी मुसहर तराई क्षेत्रमा कृषि मजदुरी गरेर जीविका चलाउने समुदायका रुपमा परिचित छन् ।
कृषि कार्यमा कडा मिहिनेत गरेर त्यसबाट पाउने ज्यालाले जीवनयापन गर्ने यो समुदाय सम्पत्ति जोड्ने, लेखपढ गर्ने र राज्यसँग अवसरको माग गर्ने कुरामा कहिल्यै उत्साही नदेखिएको उनीहरुको गतिविधिलाई नजिकबाट नियाल्दैआएका अन्य समुदायका सामाजिक तथा राजनीतिक कार्यकर्ताको ठम्याइ छ ।
“मुसहरमा आफ्नो अशिक्षा र गरिबीप्रति कुनै गुनासो देखिँदैन,” जिल्लाको मुसहर बस्तीबारे अभिरुचिपूर्वक अध्ययन अनुसन्धान गरिरहनुभएका बर्दिवास बहुमुखी जनता क्याम्पसका प्रमुख तोपबहादुर ठकुरीले सञ्चारकर्मीसँगको कुराकानीमा भन्नुभयो – “रैथाने आदिवासी भए पनि अझै नागरिकता नबनाएका मुसहर महोत्तरीका गाउँनगर बस्तीमा धेरै छन् ।”

अशिक्षा, अवसरबाट वञ्चितीकरण र राज्य एवम् सामाजिक बेवास्ताले गर्दा आफ्नो अधिकारप्रति बेखबर रहेका मुसहरलाई पछिल्लोपटक हास्यकलाकार धुर्मुस र सुन्तलीसँगको भेट बस्तीकै स्वरुप फेर्ने अवसरमा परिणत भएको सामाजिक अभियन्ताहरु बताउँछन् । पछिल्लो दुई महिनादेखि बर्दिवासको मुसहर बस्तीका बालबालिकासँग बाक्लो भेटघाट बढाउनुभएका सामाजिक अभियन्ता पत्रकार राजकरण महतोले मुसहर अभिभावक र बालबालिकामा शिक्षा र सरसफाइप्रति गहिरो चासो बढेको अनुभव सुनाउनु भयो ।
जिल्लाका रैथाने आदिवासी मुसहरको बर्दिवासस्थित बस्तीमा आएको शिक्षा र सरसफाइप्रतिको लगाव र त्यसका लागि सुरु गरिएका प्रयत्नको जिल्लाका अन्य मुसहर बस्तीमा पनि सकारात्मक प्रभाव परेको छ । बर्दिवासमा विवाह गरिएकी छोरी भेट्न १५ दिन पहिले पुगेका भङ्गाहा–४ का किस्ना सादा मुसहरले आफ्नो बस्तीका आफन्तलाई बर्दिवास पुगेर पढाइलेखाइ र सरसफाइ हेर्न सुझाएको बताउनुभयो ।
“मैले यसपालि बर्दिवास बेग्लै देखेँ,” किस्नाले भन्नुभयो–“बस्ती सफासुग्घर र केटाकेटी सबै पढ्दै ।” बर्दिवासका मुसहर बस्तीजस्तै आफ्नो बस्तीमा पनि नानीहरुलाई पढाउन र गाउँघर सफासुग्घर राख्न पहल सुरु गरिएको किस्नाले बताउनुभयो ।
जिल्लाका बर्दिवास र गौशाला नगरपालिका तथा हतिसर्वा, धमौरा, सोनामाई, फुलकाहा, हरिहरपुर, हरिनमरी, धर्मपुर, खोपी, भङ्गाहा र मेघनाथ गोरहन्नासहितका गाविसमा सघन बसोबास रहेका मुसहरको जनसङ्ख्या ३० हजार भन्दा बढी रहेको जिविस महोत्तरीले जनाएको छ ।

जिल्लाका यो समुदायबाट एसएलसी उत्तीर्ण गर्ने पाँचजना मात्र पुगेका छन् । जिल्लामा पहिलोपटक २०६८ सालमा मुसहर समुदायबाट एकै वर्ष तीनजना एसएलसी उत्तीर्ण भएका जिल्ला शिक्षा कार्यालय महोत्तरीले जानकारी दिएको छ । मुसहर समुदायमा पछिल्लोपटक शिक्षा र सरसफाइप्रति देखिएको सकारात्मक सोचले अत्यन्त पिछडिएको भनिने जाति र समुदायलाई प्रयत्नले फेर्न सकिन्छो छ ।
जिल्लाका बर्दिवास र गौशाला नगरपालिका तथा हतिसर्वा, धमौरा, सोनामाई, फुलकाहा, हरिहरपुर, हरिनमरी, धर्मपुर, खोपी, भङ्गाहा र मेघनाथ गोरहन्नासहितका गाविसमा सघन बसोबास रहेका मुसहरको जनसङ्ख्या ३० हजार भन्दा बढी रहेको जिविस महोत्तरीले जनाएको छ ।
जिल्लाका यो समुदायबाट एसएलसी उत्तीर्ण गर्ने पाँचजना मात्र पुगेका छन् । जिल्लामा पहिलोपटक २०६८ सालमा मुसहर समुदायबाट एकै वर्ष तीनजना एसएलसी उत्तीर्ण भएका जिल्ला शिक्षा कार्यालय महोत्तरीले जानकारी दिएको छ । मुसहर समुदायमा पछिल्लोपटक शिक्षा र सरसफाइप्रति देखिएको सकारात्मक सोचले अत्यन्त पिछडिएको भनिने जाति र समुदायलाई प्रयत्नले फेर्न सकिन्छ भन्ने सन्देश प्रवाह भएको टिप्पणी जिल्लाका बुद्धिजीवीले गरेका छन् । रासस