फागुन २२ गते थारु आन्दोलनका सहिदहरुको स्मरण गरिने


Tharu Sahid

काठमाडौं, फागुन २० गते । थारु आन्दोलनका क्रममा सहिद भएकाहरुको सम्झनामा थारु कल्याणकारिणीसभाले फागुन २२ गते शनिबार स्मृतिसभा गर्नेभएको छ ।

२०६९ सालको २१ दिने आन्दोलनका क्रममा फागुन २२ गते देउखरका रामप्रसाद चौधरी, प्रकाश चौधरीले सहादत्त प्रदान गर्नुभएको थियो । सोपछि चित्तवनका विपिन खड्का, कमल चौधरी र नवलपरासीका धनबहादुर थनेत आन्दोलनकै क्रममा सहादत्त प्राप्त गर्नुभएको थियो ।

थारु कल्याणकारिणीसभा उपत्यका समितिका अध्यक्ष सुमन चौधरीले आन्दोलनकोक्रममा सहादत्त प्राप्त गर्नेहरुको सम्झनामा शनिबार स्मृतिसभा गर्ने तयारी गरिएको जानकारी दिनुभयो ।

16

थारु अधिकारको माग सम्बोधन गराउनेगरी शुरुभएको आन्दोलनको केही विषयलाई नयाँ संविधानले सम्बोधन गरेको भएपनि थारुले उठाएको मुख्य मागहरु अझै पूरा हुन सकेको छैन । तराईको चित्तवन पश्चिमको भूभागलाई थरुहट प्रदेशको माग गर्दै आन्दोलन हुँदैआएको   छ । सो अघि ०६५ सालमा थारुलाई मधेसी कोटामा राखिएको भन्दै १९ दिने आन्दोलन भएको थियो ।

तपाईको प्रतिक्रिया