राजकुमार लेखीको नयाँ पार्टी फागुन २७ गते घोषणा हुँदै


Nagarik party

काठमाडौं, फागुन २१ गते । यसअघि राष्ट्रिय नागरिक पार्टी नेपाल नामको पार्टी खोलेर अभियानमा रहनुभएका नेता राजकुमार लेखीले फागुन २७ गते त्यसलाई परिमार्जन गर्दै नयाँ शक्तिसहित अर्को पार्टी घोषणा गर्ने तयारी गर्नुभएको छ ।

पार्टीमा तत्काल अध्यक्ष, उपाध्यक्षसहित पदाधिकारी नरहने भएपनि पार्टीको संयोजक, प्रवक्ता र अन्य सदस्यहरु राख्ने तयारी भएको नेता लेखीले बताउनुभयो । “शुरुवाती समयमा सानो समिति बनाएर अभियान सञ्चालन गर्ने सोच बनाएका छौं, चैत पहिलो साताबाट पार्टीको संगठन निर्माण अभियान शुरुहुन्छ” नेता लेखीले भन्नुभयो ।

Lekhi

पार्टीको नामबारे केही बताउन नचाहनुभएका नेता लेखीले यसअघिको नागरिक नामलाई यथावत राखेर परिमार्जन गरी नयाँ पार्टी घोषणा गरिने जनाउ दिनुभयो । राष्ट्रिय मूलधारकै पार्टी निर्माण गरेर आगामी स्थानीय निकायको निर्वाचनमा सहभागीता जनाउनेगरी तयारी गरिने उहाँले बताउनुभयो ।

पार्टीको नामबारे केही बताउन नचाहनुभएका नेता लेखीले यसअघिको नागरिक नामलाई यथावत राखेर परिमार्जन गरी नयाँ पार्टी घोषणा गरिने जनाउ दिनुभयो । राष्ट्रिय मूलधारकै पार्टी निर्माण गरेर आगामी स्थानीय निकायको निर्वाचनमा सहभागीता जनाउनेगरी तयारी गरिने उहाँले बताउनुभयो ।

हिमाल, पहाड र तराई जोड्नेगरी पार्टी निर्माण हुन लागेको बताउँदै नेता लेखीले जातीय राजनीतिको पक्षमा आफू नरहेको दावी गर्नुभयो । नयाँ संविधानले राज्यबाट पछाडि पारिएका वर्गमा अझै ठूलो विभेद गरेको भन्दै नेता लेखीले आफ्नो नयाँ पार्टीको मुख्य लक्ष्य समानता र समताको अनुभूति गराउँदै समाजवादतर्फ उन्मुख हुने चर्चा गर्नुभयो ।

नयाँ पार्टीमा चार पाँचवटा पार्टीका युवा विद्यार्थी तथा अन्य नेताहरु आफू संयोजकत्वमा गठन हुनलागेको पार्टीमा आइरहेको उहाँले दावी गर्नुभयो । नेता लेखीकाअनुसार नयाँ पार्टीमा रमाकान्त चौधरी, तेजनारायण चौधरी, अनिल चौधरी, राज चौधरी, सञ्जय चौधरी, मनोज ठाकुर, नागेन्द्र राजवंशी लगायतले साथ रहनेछ । गैरथारुको पनि पार्टीमा उल्लेख्य सहभागिता रहेपनि तत्काल नाम बताउन उहाँले चाहनु भएन ।

तपाईको प्रतिक्रिया