जन्ती बस दुर्घटनामा चार थारुको घटनास्थलमै ज्यान गयो


Bus

फाइल तस्विर

बर्दिया, फागुन २३ गते । बर्दियामा जन्ती बस दुर्घटना हुँदा चारजना थारुको घटनास्थलमै ज्यान गएको छ । २६ जना घाइते भएका छन् । बर्दियाको धधवार–७ औरीजुट्टाबाट बबई नगरपालिका–१० शाहीपुर जन्ती लिएर गएको भे १ ख ८५४ नंम्बरको बस बेहुली लिएर फर्कंदै गर्दा गएराति १० बजे बबई नगरपालिका–६ सैनवारको जम्ती खोला पुल नजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको   छ ।

दुर्घटनामा धधवार–७ दुध्धाका १७ वर्षीय विष्णु थारु, १९ वर्षीय सन्तोष थारु, १९ वर्षीय निरज थारु र १४ वर्षीय अरुण थारुको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले बताउनुभयो । उनीहरुको घटनास्थलमै ज्यान गएको हो ।

दुर्घटनामा धधवार–७ दुध्धाका १७ वर्षीय विष्णु थारु, १९ वर्षीय सन्तोष थारु, १९ वर्षीय निरज थारु र १४ वर्षीय अरुण थारुको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले बताउनुभयो ।

बसमा सवार ३० जनामध्ये घाइते २६ जनालाई भुरीगाउँमा प्राथमिक उपचार गरी थप उपचारका लागि कोहलपुर मेडिकल अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर छ । ज्यान गुमाएका र घाइते भएकाहरु बसको छतमा बसेका प्रहरीले जनाएको छ । बस र बस चालक २४ वर्षीय नारायण पौडेललाई प्रहरीले पक्राउ गरेको छ ।

बसमा क्षमताभन्दा बढी यात्रु चढेकाले दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बेहुला र बेहुली अर्को जिपमा सवार रहेकाले उनीहरु दुवै सकुशल छन् । दुलहा र दुलहीको घरमा रुवाबासी भएको छ ।

तपाईको प्रतिक्रिया