सिमांकन मिलाएर तराई मधेसको समस्या समाधान हुन्छः देउवा


Deuba1

काठमाडौँ, फागुन २५ गते । नेपाली काँग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवाले सिमांकन परिमार्जन गरेर तराई मधेसको समस्या समाधान गरिने बताउनुभएको छ ।

सभापति देउवाले निर्वाचित भएपछि पत्रकारहरुसँग कुरा गर्दै त्यस्तो बताउनुभयो । आफू निर्वाचनमा विजयी हुनुलाई जितभन्दा पनि जिम्मेवारी थपिएको बताउनुभएको छ ।

पार्टीका साथीहरुले यसपालि आफूलाई जिम्मेवारी दिएको बताउँदै भन्नुभयो, “पार्टीलाई एक गरेर मजबुत बनाउनाका साथै मुलुकका समस्या समाधानका लागि पहल गर्न मैले जिम्मेवारी पाएको हुँ ।”

निर्वाचित भएपछि आज पहिलो पटक आफ्नै निवास बुढानिलकण्ठमा सञ्चारकर्मीसँग कुरा गर्दै सभापति देउवाले पार्टीको आन्तरिक निर्वाचनमा जित हार नहुने बताउनु  भयो ।

उहाँले पार्टीका साथीहरुले यसपालि आफूलाई जिम्मेवारी दिएको बताउँदै भन्नुभयो, “पार्टीलाई एक गरेर मजबुत बनाउनाका साथै मुलुकका समस्या समाधानका लागि पहल गर्न मैले जिम्मेवारी पाएको हुँ ।”

काँग्रेसको अधिवेशनको दौरानमा गाउँदेखि जिल्ला र जिल्लादेखि केन्द्रसम्म सहजरुपमा आन्तरिक प्रजातन्त्रको अभ्यास भएको बताउँदै नेता देउवाले मुलुकका सबै पार्टीलाई मिलाएर अघि बढ्ने बताउनुभयो ।

अत्यन्तै शान्तिपूर्ण रुपमा निर्वाचन प्रक्रिया सम्पन्न भएकामा खुसी व्यक्त गर्दै आफूलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो । अरु साथीको भावनाको पनि कदर गर्ने वाचा गर्दै उहाँले भन्नुभयो, “उहाँहरु (निर्वाचनमा पराजित) को पनि मलाई सहयोग रहने विश्वास छ, नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला लगायत सबैलाई मिलाएर अघि बढ्नेछु, उहाँहरुको सम्मान र प्रतिष्ठा कायम राख्दै पार्टीमा अघि बढ्ने छु ।”

तराई–मधेसको असन्तुष्टिलाई कसरी समाधान गर्नुहुन्छ भन्ने जिज्ञासामा नेता देउवाले असहमतिमा रहेका पक्षसँग वार्ता गरेर सीमाङ्कन लगायत सबै विषयमा छलफल गरी समाधान गरिने बताउनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले काँग्रेसको महाधिवेशनपछि काँग्रेस पनि सरकारमा सहभागी हुन्छ भन्नुभएको छ नि भन्ने सञ्चारकर्मीको जिज्ञासामा नेता देउवाले पार्टीमा अहिलेसम्म त्यसबारेमा कुनै छलफल नभएको बताउनु भयो । “प्रजातान्त्रिक पार्टी हो, मैले एक्लै भनेर केही हँुदैन” उहाँले भन्नुभयो ।

मुलुकका ठूला दल मिलेर सरकार सञ्चालन गरे मनपरी हुने काँग्रेसको धारणा रहेको तर्क गर्दै उहाँले बहुदलीय प्रजातन्त्रमा नियन्त्रण र सन्तुलनका लागि पनि बलियो प्रतिपक्षीको आवश्यकता पर्ने धारणा राख्नुभयो ।
“बलियो प्रतिपक्षीबिनाको सरकार तानाशाही बन्न सक्छ” पूर्वप्रधानमन्त्री देउवाले भन्नुभयो ।

तराई–मधेसको असन्तुष्टिलाई कसरी समाधान गर्नुहुन्छ भन्ने जिज्ञासामा नेता देउवाले असहमतिमा रहेका पक्षसँग वार्ता गरेर सीमाङ्कन लगायत सबै विषयमा छलफल गरी समाधान गरिने बताउनुभयो ।

तपाईको प्रतिक्रिया