सुदूरपश्चिममा चारदिन लगातार विद्युत अवरुद्ध हुने


Electricity

भीमदत्तनगर, फागुन २६ गते । सुदूरपश्चिमसहित बर्दिया र बाँके जिल्लाको विद्युत् सेवा मङ्गलबारदेखि चार दिन अवरुद्ध हुने भएको छ । विद्युत् आपूर्ति हुने भारतको टनकपुरस्थित विद्युत् उत्पादन गृहमा मर्मत गर्नुपर्ने भन्दै टनकपुरबाट दिउँसो विद्युत् आपूर्ति बन्द गरिएपछि विद्युत् सेवा अवरुद्ध भएको हो ।

आगामी शुक्रबारसम्म हरेक दिन बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म विद्युत् सेवा बन्द हुने जानकारी आएको विद्युत् प्राधिकरण लालपुर सव स्टेसनका इलेक्ट्रिसियन कमलप्रसाद बडूले बताउनुभयो ।

टनकपुरबाट विद्युत् आपूर्ति हुने सुदूरपश्चिमसहित बर्दिया र बाँके जिल्लामा दिउँसो विद्युत् आपूर्ति रोकिएको छ । टनकपुर विद्युत् गृहले माग गरेअनुसार नेपाल विद्युत् प्राधिकरण केन्द्रीय कार्यालयले मर्मतका लागि चार दिनसम्म विद्युत् सेवा बन्दगर्ने स्वीकृति दिएको छ ।

चार दिनसम्म दिनभर बत्ति नआउने भएपछि सुदूरपश्चिमका उद्योगहरुमा ठूलो असर पर्ने भएको छ । बत्तिले चल्ने सबै कामकाज ठप्प हुने भएपछि त्यहाँको फोन सेवामा समेत असर पर्ने भएको छ ।

तपाईको प्रतिक्रिया