नेता लेखी नेतृत्वको नागरिक समाजवादी पार्टी घोषणा


SAM_3363

काठमाडौं, फागुन २७ गते । नेता राजकुमार लेखी नेतृत्वको नागरिक समाजवादी पार्टी (नासपा) विहिबार एक कार्यक्रमबीच यहाँ घोषणा भएको छ । नयाँ संविधानमा हस्ताक्षर नगरेका दल र त्यसका नेताहरुसँग सहकार्य गरेर अगाडि बढ्ने सो दलका संयोजक लेखीले बताउनुभयो ।

घोषित नयाँ पार्टीमा २७ सदस्यीय तदर्थ केन्द्रीय कमिटी रहेको छ । लेखीको संयोजकत्वमा गठित सो समितिमा सप्तरीका राज थारु प्रवक्ता तोकिएका छन् । केन्द्रीय सदस्यहरुमा नगेन्द्र राजवंशी (मोरङ), यशोदा चौधरी (दाङ), फकिर थारु (वर्दिया), कल्पना चौधरी (मोरङ), वृजमोहन चौधरी (पर्सा), इन्द्रनारायण यादव (सप्तरी) रहेका छन् ।

SAM_3358

त्यस्तै, केन्द्रीय कमिटीमा तेजनारायण चौधरी (सुनसरी), अनिल चौधरी (सप्तरी), कलानन्द मिश्र (काठमाडौ), दिपा चौधरी (झापा), महम्मद कैयुम (बाँके), सरस्वती चौधरी (उदयपुर), पुरन चौधरी (सप्तरी), मनोज ठाकुर (सिराहा), अजय चौधरी (सिराहा), सीजेन्द्र सदाय (सिरहा), दिनेश उराव (सुनसरी), जैनु थारु (काठमाडौं), सुशिला चौधरी (सुनसरी), कञ्चन चौधरी (सिराहा), सुरज थारु (सिराहा), चञ्चल चौधरी (चित्तवन), प्रकाश चौधरी (रुपन्देही) तुलसी थारु (सप्तरी) र लक्षिमा चौधरी (दाङ) रहेका छन् ।

मूलधारको पार्टी रहेको दावीगर्दै संयोजक लेखीले चैत पहिलो साताबाट पार्टी विस्तार कार्यक्रमलाई देशव्यापीरुपमा अगाडि बढाउने बताउनुभयो । मुलुकमा समाजवाद स्थापना गर्नका लागि सबै किसिमको भेदभाव अन्त्य र समतामूलक समाज निर्माणका लागि पार्टीले भूमिका निर्वाह गर्ने उहाँको भनाई छ ।

SAM_3354

यो मूलधारको पार्टी हो, कुनै जातीय पार्टी होइन भन्दै संयोजक लेखीले पार्टीमा फोरम (लोकतान्त्रिक), थरुहट तराई पार्टी नेपाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) र समाजवादी लोकतान्त्रिकका नेता तथा कार्यकर्तालाई समेटेर नयाँ पार्टी निर्माण गरिएको सो पार्टीका प्रवक्ता राज थारुले बताउनुभयो ।

शान्तिपूर्णरुपमा संघर्ष गरेर पार्टीलाई उचाईमा पु¥याउने सो दलले बताएको छ । राज्यबाट पछाडि पारिएका वर्गको अधिकार सुनिश्चित्ताका लागि अभियान सञ्चालन गर्दै आगामी स्थानीय निकायको निर्वाचनमा पार्टीको तर्फबाट भागलिने तयारी पार्टीले गर्ने संयोजक लेखीले बताउनुभयो ।

SAM_3350

नयाँ संविधान विभेदकारी र पहिचान विरोधी रहेको दावी गर्दै पार्टीका संयोजक लेखीले नयाँ संविधानमा पछाडि परेका वर्गको अधिकार सुनिश्चित्ताका लागि अभियान सञ्चालन गर्ने बताउनुभयो । पहिलो चरणमा कुनै खस प्रतिनिधिहरुलाई केन्द्रीय कमिटीमा नसमेटिएको भएपनि दोस्रो चरणमा खस प्रतिनिधिहरुलाई समेटेर पार्टीको केन्द्रीय कमिटी विस्तार गर्ने उहाँको भनाई छ । अहिले सो पार्टीमा थारु, मधेसी र मुसलमान केन्द्रीय कमिटीमा छन् ।

नयाँ घोषित पार्टी नागरिक समाजवादी पार्टीमा युवाहरुलाई समेट्नका लागि पार्टी घोषणा गरिएको सो पार्टीका प्रवक्ता राज थारुले बताउनुभयो । यसअघि तीन वर्ष अगाडि नेता लेखीले अनामनगरमा राष्ट्रिय नागरिक पार्टी नेपाल घोषणा गर्नुभएको थियो । त्यही पार्टीलाई पुनर्गठन गरेर नयाँ पार्टी घोषणा गरिएको छ ।

तपाईको प्रतिक्रिया