तराई मधेसको समस्या समाधान गर्न नेता चौधरीको आग्रह


umakanta chaudary
काठमाडौं, फागुन २७ गते । नेपाली कांग्रेसको तेह्रौं महाधिवेशनमा कोषाध्यक्षको उम्मेदवार रहनुभएका उमाकान्त चौधरीले नवनिर्वाचित पार्टीका नेताहरुलाई तराई मधेसको समस्या समाधानका लागि गम्भीर बन्न सुझाव दिनुभएको छ ।

नेता चौधरीले सभापति शेरबहादुर देउवा, महामन्त्री सशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादवसहित निर्वाचित सबैलाई बधाई तथा कार्यकालको सफलताको शुभकामना दिनुभएको छ । विहिबार विज्ञप्ती प्रकाशित गर्दै नेता चौधरीले पार्टीलाई हाम्रो र राम्रो बनाउन नवनिर्वाचितहरुलाई आग्रह गर्नुभएको छ ।

निर्वाचनमा मतदान गर्नुहुने सबै कांग्रेस मतदाता तथा प्रतिनिधिहरुलाई नेता चौधरीले धन्यवाद ज्ञापन गर्दै भविष्यमा पनि सहयोगको अपेक्षा गर्नुभएको छ ।

“लोकतान्त्रिक प्रक्रियामा चुनावी प्रतिस्पर्धामा भाग लिनु र जित एवं हार हुनु स्वाभाविक प्रक्रिया हो, यो तथ्यलाई स्मरण गर्दै अबको नेपाली कांग्रेस सुदृढ, एकताबद्ध, पारदर्शी, आत्मस्वाभिमानी र सशक्त हुने विश्वास लिएको छु” चौधरीले विज्ञप्तीमा भन्नुभएको छ ।

“लोकतान्त्रिक प्रक्रियामा चुनावी प्रतिस्पर्धामा भाग लिनु र जित एवं हार हुनु स्वाभाविक प्रक्रिया हो, यो तथ्यलाई स्मरण गर्दै अबको नेपाली कांग्रेस सुदृढ, एकताबद्ध, पारदर्शी, आत्मस्वाभिमानी र सशक्त हुने विश्वास लिएको छु” चौधरीले विज्ञप्तीमा भन्नुभएको छ ।

पार्टीलाई संस्थागत बनाउँदै व्यवहारिकरुपमा एकतावद्ध बनाई भागबण्डाको राजनीति अन्त्य गर्न पनि चौधरीले नेताहरुलाई सुझाव दिनुभएको छ । निर्वाचनमा पराजित भएपनि निस्वार्थरुपमा पार्टीका लागि क्रियाशील रहने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । संविधान जारीसँगै तराई मधेसको समस्या बढेकाले त्यसको समाधानका लागि पहल गर्न नेतृत्वको चौधरीले ध्यानाकर्षण गराउनुभएको छ ।
नेता चौधरी कृष्णप्रसाद सिटौला प्यानलबाट कोषाध्यक्षको उम्मेदवार हुनुहुन्थ्यो । चौधरीले ४५७ मत ल्याएर पराजित हुनुभयो ।

Umakant press realese

तपाईको प्रतिक्रिया