तराई मधेसको समस्या समाधान वार्ताबाटैः सभापति देउवा


ser bahadur deuwa2

काठमाण्डौ, फागुन २८ गते । नेपाली काग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवाले तराई मधेसको समस्या समाधान वार्ताबाटै सम्भव हुने बताउनुभएको छ । समस्या समाधानका लागि फेरि संविधान संशोधन गर्न सकिन्छ उहाँले भन्नुभयो ।

“कांग्रेससँग एक्लै संविधान संशोधन गर्ने दुई तिहाई छैन, अन्य दलसँग छलफल गरेर सिमांकनको समस्या समाधानमा म लाग्छु” उहाँले भन्नुभयो । वर्तमान सरकारमा कांग्रेस नगई सशख्त प्रतिपक्षी भूमिका निर्वाह गर्ने देउवाले बताउनुभएको छ । वर्तमान सरकार आफ्नै बोझले ढल्ने उहाँले दावी गर्नुभयो ।

“दह्रो प्रतिपक्षी भएमात्र प्रजातन्त्र बलियो हुन्छ, हामी प्रतिपक्षीमा बस्छौं सरकारमा जाँदैनौं” देउवाले भन्नुभयो ।

शुक्रवारको एक साक्षात्कार कार्यक्रममा बोल्दै सभापति देउवाले त्यस्तो बताउँदै सशख्त प्रतिपक्षी नभए शासक तानाशाह हुने बताउनुभयो । “दह्रो प्रतिपक्षी भएमात्र प्रजातन्त्र बलियो हुन्छ, हामी प्रतिपक्षीमा बस्छौं सरकारमा जाँदैनौं” देउवाले भन्नुभयो ।

अर्को प्रसंगमा सभापति देउवाले सभामुख ओनसरी घर्तीले न्यायालयमाथि हस्तक्षेप गरेको आरोप लगाउनुभयो । “सम्मानित पदले यस्तो काम गर्न हुँदैन, उहाँले न्याय परिषदको सिफारिस फिर्ता पठाउने होईन, सुनवाई समिति बनाउने हो” सुझाव दिनुहुँदै देउवाले भन्नुभयो, “गलत काम सभामुखले गर्न सुहाउँदैन ।”

“सभामुख सम्मानित र तटस्थ पद हो, सबैको साझा हो उसले अभिभावकको भूमिका निर्वाह गर्नु पर्छ” भन्दै सभापति देउवाले सभामुखलाई कसैले फँसाएको आशंका व्यक्त गर्नुभयो ।

“सभामुख सम्मानित र तटस्थ पद हो, सबैको साझा हो उसले अभिभावकको भूमिका निर्वाह गर्नु पर्छ” भन्दै सभापति देउवाले सभामुखलाई कसैले फँसाएको आशंका व्यक्त गर्नुभयो । सो विषयमा एमाओवादी अध्यक्षसँग आफूले छलफल गर्ने देउवाले बताउनुभयो ।

सो अवसरमा सभापति देउवाले संविधानको कार्यान्वयन आफ्नो नेतृत्वमा गर्ने चर्चा गर्नुभयो । “संविधानको कार्यान्वयन, सीमांकन मिलाउने र मुलुकमा लगानीको बातावरण बनाएर समृद्ध र सम्पन्न नेपाल बनाउन म लाग्छु” उहाँले भन्नुयभो ।

तपाईको प्रतिक्रिया