नेपाली थारु युवाले जिते अष्ट्रेलियामा दुई गोल्ड मेडल


Medol

काठमाडौं, चैत ३ गते । सुनसरी स्थायी घर रहेका हाल अष्ट्रेलियामा बस्दै आएका सञ्जीव थारु चौधरीले अन्तर्राष्ट्रिय नेचुरल बडि विल्डिङ एसोसियशन (आइ.एन.बी.ए.) प्रतिस्पर्धामा दुई वटा गोल्ड मेडल हात पार्न सफल हुनुभएको छ ।

अष्ट्रेलियाको मेलबर्नमा हालै सम्पन्न बडि विल्डिङ कम्पिटिसनमा नेपाली थारु युवाले त्यो सफलता हात पार्न सफल हुनुभएको हो । सो सफलतासँगै थारुले उहाँले पुरुष तर्फको बडि फिटनेसमा पाँचौ स्थान प्राप्त गर्नुभएको छ ।

अष्ट्रेलियाको मेलबर्नमा हालै सम्पन्न बडि विल्डिङ कम्पिटिसनमा नेपाली थारु युवाले त्यो सफलता हात पार्न सफल हुनुभएको हो । सो सफलतासँगै थारुले उहाँले पुरुष तर्फको बडि फिटनेसमा पाँचौ स्थान प्राप्त गर्नुभएको छ ।

चौधरीले बडि विल्डिङ फिटनेसतर्फ यस वर्षको वेष्ट ट्रेनर अवार्ड पनि हात पार्नुभएको छ । चौधरीले अष्ट्रेलियामै बडि विल्डिङ तालिमका प्रशिक्षण गर्दै आउनुभएको छ । उहाँ त्यहाँको वेष्ट प्रशिक्षक प्रमाणपत्र पनि प्राप्त गर्नुभएको छ । आफैले सिकेको सीपबाट उहाँले सफलता हात पारेको बताउनुभएको छ ।

खेलाडी चौधरीले वक्सरमा खेलमा पनि वेष्ट अवार्ड जित्नुभएको छ । १३ जुलाई १९८६ मा सुनसरीको एक गाउँमा जन्मनुभएका चौधरी लामो समयदेखि कामको सिलसिलामा श्रीमती बच्चासहित अष्ट्रेलिया बस्दै आउनुभएको छ ।

Medol1

चौधरीले काठमाडौं बफल बस्दा सन् २००७ बाट जिम अभ्यास सिक्न शुरुगरेको बताउनुभएको छ । त्यसपछि सन् २००८ मा थप अध्ययनका लागि उहाँ अमेरिका जानुभयो । अमेरिकाको मिसौरी राज्यको ट्र्म्यान स्टेट युनिभर्सिटीमा उहाँले फिजिक्समा स्नातकतह अध्ययन गर्नु भयो ।

सो पछि उहाँ टेक्सास जानुभयो । सन् २००९ मा त्यहाँ गएर सान जासिन्टो कलेजमा अध्ययन गर्दैगर्दा विवाहबन्धनमा बाँधिनुभयो । विवाह पछि उहाँ अष्ट्रेलिया जानुभयो । सन् २०११ देखि उहाँ श्रीमती र एक छोरीसँग अष्ट्रेलियाको सिडनीमा बस्दै आउनुभएको छ ।

नेपाली युवा थारुले मेडल जितेर आफ्नो मात्र हैन, नेपालकै नाम विश्वभर चर्चित गर्नुभएको छ । यस्ता छुपेका खेलाडीको उचित सम्मानमा सरकारले ध्यान दिन आवश्यक छ ।

तपाईको प्रतिक्रिया