उमाकान्त भए पहिलो चरणमै केन्द्रीय सदस्यमा मनोनित


umakanta chaudary

काठमाडौं, चैत ४ गते । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तेह्रौं महाधिवेशनमा पराजित सात जनालाई पहिलो चरणमा केन्द्रीय सदस्यमा बुधबार मनोनित गर्नुभएको छ । त्यसमा एक थारु उमाकान्त चौधरी पर्नुभएको छ ।

चौधरी कृष्णप्रसाद सिटौला प्यानलबाट कोषाध्यक्षमा पराजित हुनुभएको थियो । कोषाध्यक्षमा सीतादेवी यादवले नेता रामचन्द्र पौडेलको प्यानलबाट विजयी बन्नुभएको छ । देउवा प्यानलका उम्मेदवार चित्रलेखा यादव पनि पराजित हुनुभयो । कोषाध्यक्ष पदका चौधरी ५४७ मत ल्याएर तेस्रो स्थान प्राप्त गर्नुभएको थियो ।

नेता चौधरीसँगै सभापति देउवाले थप छ जनालाई केन्द्रीय सदस्यमा मनोनित गर्नुभएको छ । मनोनित हुनेमा नेताहरु रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह केसी, गगन थापा, चित्रलेखा यादव र नरहरि आचार्य हुनुहुन्छ । नेता आचार्य बाहेक सबै जना चुनावमा पराजित अनुहार हुन् । आचार्य विरामी भएपछि अस्पतालमा उपचाररत हुनुहुन्छ ।

तत्कालिन सभापति सुशील कोइरालाको निधन भएपछि उहाँलाई श्रद्धाञ्जलि दिन गएका नेता आचार्य बेहोस हुनुभएको थियो । सो पछि उहाँको उपचार अस्पतालमा भइरहेको छ ।

महाधिवेशनमा विभिन्न पदमा नौ जना थारु उम्मेदवारहरुले प्रतिस्पर्धा गर्नुभएको थियो । तर पार्वता डिसी चौधरी बाहेक कोही थारु उम्मेदवारले जित हासिल गर्न सक्नु भएन । पहिलो चरणमा उमाकान्त चौधरी मनोनित भएपछि अब केन्द्रीय सदस्यमा थारुको संख्या दुई पुगेको छ ।

नेपाली कांग्रेसको महाधिवेशनबाट ६४ सदस्य निर्वाचित हुनुभए पनि २१ जनालाई मनोनित गर्ने विधानमा व्यवस्था छ । कांग्रेसमा पराजित उम्मेदवारलाई पनि मनोनयन गर्नसक्ने व्यवस्था विधानले गरेकाले मनोनित हुन बाँकी थप १४ जना पनि अधिकांश पराजित अनुहारबाट आउने अनुमान गरिएको छ ।

महाधिवेशनमा विभिन्न पदमा नौ जना थारु उम्मेदवारहरुले प्रतिस्पर्धा गर्नुभएको थियो । तर पार्वता डिसी चौधरी बाहेक कोही थारु उम्मेदवारले जित हासिल गर्न सक्नु भएन । पहिलो चरणमा उमाकान्त चौधरी मनोनित भएपछि अब केन्द्रीय सदस्यमा थारुको संख्या दुई पुगेको छ । बाँकी मनोनित १४ सदस्यमा कति थारु सदस्य मनोनित हुन्छन् त्यो हेर्न बाँकी छ ।

तपाईको प्रतिक्रिया