मुक्त कमलरीलाई शैक्षिक सामग्रीसहित छात्रबृत्ति वितरण


kamlari

दाङ, चैत ४ गते । नेपाल आदिवासी जनजाति महासङ्घ केन्द्रीय समितिले दाङको देउखुरीस्थित वाल जनता उच्च माध्यमिक विद्यालयमा अध्ययनरत मुक्त कम्लरी बालिकालाई बुधवार दुई लाख रुपैयाँको शैक्षिक सामग्री र छात्रवृत्ति सहयोग प्रदान गरेको छ ।

३८ जना मुक्त कम्लरीलाई एक, एक थान विद्यालय पोसाक र झोला प्रदान गरिएको महासंघले बताएको छ । यस्तै, स्नातकोत्तर तहमा अध्ययन गर्ने वसन्ती चौधरी र सरस्वती चौधरीलाई १५, १५ हजार गरी जम्मा रु ३० हजार रुपैयाँ छात्रवृत्ति प्रदान गरिएको छ ।
मुक्त कम्लरीका आफ्ना सामग्री राख्न ११ वटा स्टिलका दराज पनि सहयोग गरिएको महासंघका महासचिव पेम्बा भोटेले बताउनुभयो । मुक्त कम्लरी विकास मञ्चको आयोजनामा विहिबार कार्यक्रम भएको थियो ।

मुक्त कम्लरी विकास मञ्च दाङकी जिल्ला अध्यक्ष सुनिता चौधरीको अध्यक्षता एवम् नेपाल आदिवासी जनजाति महासङ्घका केन्द्रीय महासचिव तथा सांसद पेम्वा भोटेको प्रमुख आतिथ्यमा मुक्त कम्लरीलाई शैक्षिक सामग्री वितरण गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव भोटेले सरकारले मुक्त कम्लरी बालिकाको उच्च शिक्षा अध्ययन र भविष्यका लागि लगानी गर्नुपर्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया