प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता


12048722_10206833646494739_817407258_n

काठमाण्डौं, चैत ५ गते । प्रधानमन्त्री केपीशर्मा ओली र नेपाली कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवाबीच शुक्रबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ ।

भेटवार्तामा प्रधानमन्त्री ओलीले आफ्नो चैत ७ देखि १४ गतेसम्म हुन गइरहेको चीन भ्रमणको एजेण्डाबारेमा जानकारी गराउनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले बताउनुभयो । नेता देउवाले उहाँलाई चीन भ्रमणका क्रममा हुने सहमतिबारेमा सुझाव दिनुभएको थियो ।

भेटवार्तामा प्रधानमन्त्री ओलीले आफ्नो चैत ७ देखि १४ गतेसम्म हुन गइरहेको चीन भ्रमणको एजेण्डाबारेमा जानकारी गराउनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले बताउनुभयो ।

प्रधानमन्त्री ओलीलाई भेट्न बिहान बालुवाटार पुग्नुभएका सभापति देउवालाई प्रधानमन्त्री ओलीले खादा लगाएर बधाई तथा शुभकामना दिनुभयो । प्रधानमन्त्री ओलीले सभापति देउवालाई उहाँको सफल कार्यकालका लागि शुभकामना दिनुभएको सल्लाहकार दाहालले बताउनुभयो ।

प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार दुवै नेताबीच पछिल्लो राजनीतिक घटनाक्रम, मुलुकमा देखिएको समस्या र त्यसको समाधानका विषयमा समेत छलफल भएको थियो ।

तपाईको प्रतिक्रिया