थारुमाथि एसिड प्रहारकर्ता मिश्रा फरार, प्रहरी भन्छ खोजी जारी छ


Rita

नेपालगञ्ज, चैत ५ गते । दाङको घोराहीमा ३५ वर्षीया रिता चौधरी थारुलाई एसिड प्रहार गर्ने मुख्य अभियुक्त बद्रीविशाल मिश्रा रहेको प्रहरीको ठहर छ । मिश्राको खोजीकार्य जारी रहेको भएपनि मिश्रा सीमा पार गएको प्रहरीहरुको अनुमान छ ।

फागुन २७ गते साँझ ७ बजे दाङको घोराही नगरपालिका–२ स्थित प्रहरी स्कुल नजिकै किराना पसल सञ्चालन गर्दै आउनुभएकी चौधरीलाई मास्क लगाए चुरोट र दालमोट किन्ने बाहना बनाएर एसीड प्रहार गरेर अभियुक्तहरू भागेका थिए।

एसिड प्रहारको घटनामा संलग्न भएको आशंकामा जिल्ला प्रहरी कार्यालय दाङले रीताका छिमेकी बिनु चौधरी र सुनिल चौधरीलाई पक्राउ गरी अनुन्धान सुरू गरेको छ।

एसिड प्रहारको घटनामा संलग्न भएको आशंकामा जिल्ला प्रहरी कार्यालय दाङले रीताका छिमेकी बिनु चौधरी र सुनिल चौधरीलाई पक्राउ गरी अनुन्धान सुरू गरेको छ।

रीताका आफन्तले एसिड प्रहारको सो घटनामा नेपालगन्ज फुलटेग्रा घर भई दाङमा बस्दै आएका बद्री बिशाल मिश्रा मुख्य ब्यक्तिको रुपमा संलग्न रहेको किटानी जाहेरी परेको छ । सोही जाहेरीका आधारमा प्रहरीले उनको खोजी गरिरहेको छ ।

सो घटनापछि मिश्रा फरार छन्। मिश्रा नै एसिड प्रहारको घटनामा मुख्य नाइके भएको भन्दै प्रहरीले उनको खोजतलास तिब्र पारेको छ।
मिश्रा दाङबाट भागेर नेपालगन्ज हुँदै सीमावर्ति भारतीय गाउँमा पुगेर लुकेर बसेको प्रहरीले जनाएको छ।

मिश्रा नै एसिड प्रहारको घटनामा मुख्य नाइके भएको भन्दै प्रहरीले उनको खोजतलास तिब्र पारेको छ। मिश्रा दाङबाट भागेर नेपालगन्ज हुँदै सीमावर्ति भारतीय गाउँमा पुगेर लुकेर बसेको प्रहरीले जनाएको छ।

मिश्रा रीताका छिमेकी हुन्। विगतका दिनहरुमा मिश्रा र रीताका बीचमा राम्रो सम्बन्ध भएपनि पछिल्ला दिनमा सम्बन्ध बिग्रेका कारण बदला लिने उद्देश्यले मिश्राले एसिड आक्रमण गरेको हुनसक्ने जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक कुबेर सिंह कडायतले बताउनुभयो । एसिड प्रहारबाट चौधरीको दाहिने गाला, आँखाको नजिकको भाग, घाँटी र छातिमा असर परेको छ ।

घाईते रीताको शिक्षण अस्पताल नेपालगन्जमा उपचार भईरहेको छ। गत शनिबार उहाँको पहिलो चरणको अप्रेशन गरिएको थियो। एसिडले जलेकी चौधरीको प्लाष्ट्रिक सर्जरी गरेर थप उपचार गरिएको र उहाँको अबस्थामा निक्कै सुधार भएको उपचारमा संलग्न नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा प्लाष्ट्रिक सर्जन डा बिनोद कर्णले बताउनुभयो ।

शुक्रबार उनको दोस्रो चरणको अप्रेशन गर्नेगरी प्रबन्ध मिलाइएको छ। घाईते रीताको उपचारमा बिभिएस नेपाल नामक गैह्र सरकारी संस्थाले सहयोग गरिरहेको छ।

तपाईको प्रतिक्रिया