ट्रकको ठक्करले चौधरीको घटनास्थलमै ज्यान गयो


Dipak

धनगढी, चैत ८ गते । धनगढीको मिलन चौक नजिक सोमबार भारतीय ट्रकको ठक्करबाट स्कुटर सवार दीपक चौधरीको घटनास्थलमै ज्यान गएको छ । घटनामा अर्का एक व्यक्ति घाइते भएका छन् ।

दिउँसो टीएन ५२ ए ६९७९ नम्बरको ट्रकले म १ प ९६५४ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो । ट्रकको ठक्करबाट स्कुटर चालक अत्तरिया नगरपालिका वडा नम्बर १२ गेटी बस्ने अन्दाजी २० वर्षीय दीपक चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका सई दीपक विष्टले जानकारी दिनुभयो ।

ट्रकको ठक्करबाट स्कुटर चालक अत्तरिया नगरपालिका वडा नम्बर १२ गेटी बस्ने अन्दाजी २० वर्षीय दीपक चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका सई दीपक विष्टले जानकारी दिनुभयो ।

स्कुटरमा सवार गेटीकै विनय चौधरी घाईते हुनुभएको छ । उहाँको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ । ठक्कर दिने चालकलाई स्थानीयले कुटपिट गरेकाकारण ट्रक चालक समेत घाईते भएका छन् ।

उनको पनि सेती अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरी कार्यालयले जनाएको छ । चालकको अहिलेसम्म परिचय खुल्न नसकेको प्रहरीले बताएको छ ।

तपाईको प्रतिक्रिया