थारु विद्यार्थी समाजको विश्व निकेतनमा मनिषा


Student

काठमाडौं, चैत ८ गते । विश्व निकेतन उच्च माध्यमिक विद्यालय त्रिपुरेश्वरमा मनिषा चौधरी (कपिलवस्तु) को अध्यक्षतामा ११ सदस्यीय थारु विद्यार्थी समाजको इकाई समिति गठन गरिएको छ ।

सोमबार आयोजित कार्यक्रममा गठित सो समितिको उपाध्यक्षमा सर्वता चौधरी –उदयपुर), सचिव पपु चौधरी (सप्तरी), सहसचिव रुविना चौधरी र कोषाध्यक्षमा ममता चौधरी चयन भएको सञ्जय थारुले बताउनुभयो ।

थारु विद्यार्थी समाजका केन्द्रीय महासचिव चन्द्रप्रसाद चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उहाँले विद्यार्थीलाई थारुको हकअधिकार तथा संगठन सुदृढीकरणमा जोड दिन निर्देश गर्नुभयो ।

तपाईको प्रतिक्रिया