कमलरीलाई आत्मनिर्भर बनाउन सीपमूलक तालिम

kamlari

नेपालगञ्ज, चैत ९ गते । पश्चिम नेपालका थारु मुक्त कमलरीहरूलाई आर्थिक रुपले आत्मनिर्भर बनाउन सीपमुलक तालिम र आर्थिक अनुदान उपलब्ध गराइएको छ।

घरेलु बाल श्रमिकको रुपमा जमिन्दारको घरमा काम गर्नु परेका अधिकांश थारु मुक्त कमलरीले माध्यमिक तहको पढाइसमेत पूरा गर्न सकेका छैनन्। सानैदेखि अरुको घरमा काम गर्नुपर्ने र घरको आर्थिक समस्याले थारु चेलीहरु विद्यालय जानबाट बञ्चित हुन्छन् ।

त्यस्ता समस्यामा रहेका करिब एक सयजना मुक्त कमलरीलाई दस दिनको नास्ता बनाउने तालिम दिई नास्ता पसल सञ्चालनका लागि ठेला, आवश्यक भाँडाकुडा र ३० हजार नगद उपलब्ध गराइएको मुक्त कमलरी विकास मन्च बाँकेले जनाएको छ।

मुक्त कमलरीहरुलाई मःम, चाउमिन, समोसा, सिमी, चटपटलागयत दस किसिमका नास्ता बनाउन सिकाइएको थियो। तालिमसँगै र आर्थिक अनुदानसमेत उपलब्ध भएपछि आफूहरूको दैनिकी सहज भएको मुक्त कमलरी सुशीला थारुले बताउनुभयो ।

थारु बहुल जिल्ला रहेको छ जिल्लामा करिब ३० हजार मुक्त कमलरी रहेको अनुमान गरिन्छ । तर सरकारसँग अहिलेसम्म एकिन लगत   छैन ।

तपाईको प्रतिक्रिया