जेठ ४ मा फोनिजको राष्ट्रिय भेला


Fonij

काठमाडौं, चैत ११ गते । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को साधारणसभा तथा राष्ट्रिय भेला २०७३ जेठ ४ गते हुने भएको छ ।

देशको वर्तमान परिस्थिति र मुलुक संघीय संरचनामा गएको सन्दर्भमा संगठनलाई नयाँ संरचनाअनुरुपको बनाउन राष्ट्रिय भेलाको आयोजना गरिएको फोनिजले बताएको छ ।

भेलामा भेलामा प्रत्येक जिल्ला शाखा, विदेश शाखा र संस्थागत सदस्य संस्थाबाट प्रतिनिधित्व रहने फोनिजका अध्यक्ष डण्ड गुरुङले बताउनुभयो । भेलालाई व्यवस्थित गर्नकालागि फोनिज केन्द्र्रीय अध्यक्ष गुरुङको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ ।

भेलामा मुलुकको नयाँ संरचनाअनुरुपको फोनिजको संगठन संरचना बनाउनका लागि विधान संशोधन प्रस्तावसमेत पेश बताइएको छ । विधान संशोधनका लागि संगठन सचिव मनोज घर्तीमगर, केन्द्रीय सदस्य श्रीकृष्ण महर्जन र दिपा आले रहेको विधान संशोधन समिति गठन गरिएको छ ।

कोषाध्यक्ष टेकराज थामीको संयोजकत्वमा आर्थिक समिति र संस्थागत सचिव राजेश चाम्लिङ्गको संयोजकत्वमा फोनिज स्मारिका प्रकाशन समिति गठन गरिएको फोनिजले जनाएको छ ।

तपाईको प्रतिक्रिया