तेस्रो महिला थारु ‘वर्षा लेखी’ मिस नेपाल २०१६ मा भिड्दै


Barsha Lekhi

काठमाडौं, चैत ११ गते । फत्तेपुर ९, गंगाजलीकी २२ वर्षिया वर्षा लेखी मिस नेपाल २०१६ का लागि थारु महिलाको तर्फबाट प्रतियोगितामा भिड्दै छिन् । १९ जनाको बीचमा उनी आफूलाई अब्बल सावित गर्ने कसरतमा रहेको बताउँछिन् ।

यसभन्दा अघि शिवानी सिंह थारु र निस्मा चौधरीले मिस नेपाल प्रतियोगितामा भाग लिइसकेको भएपनि थारु समुदायबाट मिस नेपाल भएको इतिहास छैन । नेता राजकुमार लेखीकी छोरी वर्षा लेखी अहिले आपूmलाई प्रतियोगितामा उभ्याएकी छिन् ।

वर्षा भन्छिन्, “प्रतियोगितामा भाग लिंदा विजय हुन्छु भनेरै लाग्ने हो, अनुभविहरुको बीचमा आफूलाई अब्बल बनाउने प्रयासमा छुँ ।”

वर्षा भन्छिन्, “प्रतियोगितामा भाग लिंदा विजय हुन्छु भनेरै लाग्ने हो, अनुभविहरुको बीचमा आफूलाई अब्बल बनाउने प्रयासमा छुँ ।” यसअघिको मिस नेपाल प्रतियोगितामा भाग लिएर अनुभव बटुलिसकेका धेरै प्रतियोगिहरु अहिलेको प्रतियोगितामा पनि संलग्न छन् । तर लेखीको पहिलो भएकाले केही कठिनाई भइरहेको छ । तर उनी आफूलाई अब्बल बनाउने प्रयास गरिरहेकी छिन् ।

Barsha-Lekhi-in-Miss-Nepal-07

छ हप्ताको प्रतियोगितामा अहिलेसम्म चौथो रनिङ् सकिएको छ । २०५० वैशाख २१ गते जन्मिएकी लेखीले आफू मिस नेपालमा विजयी भए मुक्त कमलरीको सशक्तिकरणका लागि कामगर्ने बताउँछिन् । वातावरण संरक्षणमा स्नातक गरेकी लेखीको उचाई पाँच फिट छ इन्च रहेको   छ ।

दि हिडेन ट्रेजररको आयोजनामा भइरहेको मिस नेपाल प्रतियोगिताका लागि यसवर्ष कम्तिमा ५ फिट ४ इन्च उचाई भएको, कम्तिमा १२ कक्षा उत्तीर्ण भएको अविवाहित युवतीलाई प्रतियोगिताका लागि योग्य मान्ने मापदण्ड बनाइएको छ ।

दि हिडेन ट्रेजररको आयोजनामा भइरहेको मिस नेपाल प्रतियोगिताका लागि यसवर्ष कम्तिमा ५ फिट ४ इन्च उचाई भएको, कम्तिमा १२ कक्षा उत्तीर्ण भएको अविवाहित युवतीलाई प्रतियोगिताका लागि योग्य मान्ने मापदण्ड बनाइएको छ ।

मिसन नेपाल २०१६ का लागि १९ जना मैदानमा भएपनि चैत २६ गते एकजना मिस नेपालको ताज पहिरिने छन् । थारु युवती लेखीले आफूलाई विजय बनाउन कामना गर्न समुदायलाई आग्रह गरेकी छिन् । परिवारबाट ठूलो सहयोग प्राप्त भएको बताउने लेखीले थारु समुदाय र नेपाली सबै समुदायको सहयोग र शुभकामनाको अपेक्षा गर्छिन् ।

तपाईको प्रतिक्रिया