त्रिचन्द्र कलेजको थारु विद्यार्थी समाजमा अशोक


Student

काठमाडौं, चैत ११ गते । त्रिचन्द्र कलेजको थारु विद्यार्थी समाज इकाई समितिको सभापतिमा अशोक थारु चौधरी (उदयपुर) निर्वाचित हुनुभएको छ ।

विहिबार कलेजमा आयोजित कार्यक्रममा अशोकको अध्यक्षतामा एघार सदस्यीय कार्यसमिति गठन गरिएको छ । समाजको उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमशः चुडामी चौधरी (सप्तरी), रुवी चौधरी (उदयपुर), अजय चौधरी (बारा) र उदित थारु (वर्दिया) निर्वाचित हुनुभएको छ ।

त्यस्तै सदस्यमा क्रमशः रुपेश चौधरी, नाम्चन चौधरी, मुकेश चौधरी (सप्तरी), शैलेन्द्र चौधरी, मुकुन्द चौधरी (सप्तरी), सावन चौधरी (सप्तरी)
थारु विद्यार्थी समाजका केन्द्रीय महासचिव चन्द्रप्रसाद चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा समाजका उपत्यका सचिव विमल चौधरी र सदस्य सञ्जय थारुको सहभागिता थियो । कार्यक्रममा महासचिव चौधरीले थारुलाई एकतावद्ध बनाई काम गर्न निर्देश गर्नुभयो ।

तपाईको प्रतिक्रिया