थारु विद्यार्थी समाजको उपत्यका अधिवेशन चैत २० गते

एकमी कलेजको अध्यक्षमा मन्दिप


Acme

काठमाडौं, चैत १२ गते । थारु विद्यार्थी समाजको उपत्यका समितिको अधिवेशन चैत २० गते हुने भएको छ । सोही अधिवेशनलाई केन्द्रीत गरी अहिले उपत्यकाका क्याम्पसमा समाजको इकाई समितिको अधिवशेन धमाधम भइरहेको छ ।

थारु विद्यार्थी समाजको एकमि इन्जिनियरिङ कलेज सितापाइलामा मन्दिप चौधरी (सप्तरी) को अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।

समाजको शुक्रबार भएको अधिवेशनबाट नयाँ कार्य समिति चयन गरेको हो । समितिको उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमशः मनिशा चौधरी (सिराहा), विवेक चौधरी (उदयपुर), गगन चौधरी (नवलपरासी) र मधुसुदन चौधरी (सप्तरी) निर्वाचित भएका छन् ।

समाजको सदस्यमा क्रमशः लालकिशोर सिंह थारु (महोत्तरी), आर्यन चौधरी (सप्तरी), टंकेश्वर चौधरी (सप्तरी) र मनोज चौधरी (सप्तरी) निर्वाचित भएका छन् ।

समाजका केन्द्रीय महासचिव चन्द्रप्रसाद चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उपत्यका समितिका सचिव विमल चौधरी र सदस्य सञ्जय थारु, सञ्जिव चौधरीको सहभागिता थियो ।

सो अवसरमा महासचिव चौधरीले विद्यार्थीलाई एक ढिक्का भएर अगाडि बढ्न निर्देश गर्नुभयो । थारु आन्दोलन आफ्नो अधिकारका लागि जारी रहेकाले त्यसमा सक्रियता देखाउन निर्देश गर्नुभयो ।

थारु विद्यार्थी समाजले विहिबार मात्रै त्रिचन्द्र कलेजमा नयाँ कार्य समिति चयन गरेको थियो । समाजले उपत्यकाका सबै क्याम्पसमा इकाई समिति गठन गर्ने अभियान शुरु गरेको छ । चैत २० गते नै थारु विद्यार्थी समाज उपत्यका समितिको अधिवेशन हुन गइरहेको छ ।

समाजका केन्द्रीय महासचिव चौधरीले उपत्यका समितिको अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको बताउनुभयो । चौधरीको अनुसार समाजको केन्द्रीय अधिवेशन वैशाखको अन्तिम सातासम्म हुने तयारी भइरहेको छ ।

तपाईको प्रतिक्रिया