नागरिक समाजवादी पार्टी विस्तार, अब ५२ सदस्यीय


1

काठमाडौं, चैत १५ गते । राजकुमार लेखी नेतृत्वको नागरिक समाजवादी पार्टीले आफ्नो केन्द्रीय कमिटी विस्तार गरेको छ । यसअघि २७ सदस्यीय केन्द्रीय समितिमा २५ जना थप भएपछि अब ५२ सदस्यीय पुगेको छ ।

फागुन २७ गते २७ सदस्यीय काठमाडौंमा घोषणा भएको केन्द्रीय कमिटीमा दोस्रोचरणमा समिति विस्तार गरिएको सो पार्टीका संयोजक लेखीले बताउनुभयो । राजविराजबाट सोमबार विस्तार गरिएको समितिमा खड्गनारायण चौधरी, रामचन्द्र चौधरी, दुर्गानन्द चौधरी, लीलागम्भीर थारु (ङ), सीता चौधरी (कैलाली), हेमनारायण चौधरी (रौतहट), सीता चौधरी (रुपन्देही), कृष्णी चौधरी (कञ्चनपुर), अर्जुन चौधरी (वर्दिया) रहेका छन् ।

त्यस्तै, सुशीला चौधरी (कञ्चनपुर), छविलाल कोपिला (दाङ), दुखराम चौधरी (दाङ), सत्यनारायण चौधरी (रुपन्देही), महेश्वरी चौधरी (उदयपुर), उषा खान (काठमाडौं), दिलकुमारी चौधरी (सप्तरी), रामचन्द्र चौधरी (सिराहा) लगायत छन् ।

पार्टीका संयोजक लेखीले जिल्ला कार्य समिति विस्तारको काम जारी रहेको र युद्धस्तरमा सो काम अगाडि बढाउने बताउनुभयो । कार्य समिति विस्तारसँगै छलफल, संवाद र अन्तरक्रिया कार्यक्रमसमेत संगसँगै भइरहेको छ ।

तपाईको प्रतिक्रिया