महासंघको केन्द्रीय टोलीलाई धुलीखेलमा कालोझण्डा


SAM_3466

धुलीखेल, चैत १५ गते । नेपाल पत्रकार महासंघको सातौं बैठक बस्ने तयारी भइरहँदा महासंघको सदस्यता नपाएको भन्दै क्रियाशील पत्रकारले काभ्रेको धुलीखेलमा सोमबार कालोझण्डा देखाउँदै नाराबाजी गरेका छन् ।

प्रेस काउन्सिल नेपाल र महासंघको संयुक्त बैठक आइतबार साँझदेखि धुलीखेलको मिराबल रिसोर्टमा शुरु भएको थियो । सोमबार विहान आचारसंहिताको विषयलाई अन्तिमरुप दिने तयारी भइरहँदा श्रमजीवी पत्रकारले कालाझण्डासहित विरोध गरेपछि काउन्सिुल र महासंघको संयुक्त बैठक एकछिन अवरुद्ध हुन पुगेको थियो ।

महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले काभ्रेका पत्रकारको मागमा गम्भीर भएर छलफल गरी निर्णय गरिने प्रतिवद्धता जनाउनुभएपछि पत्रकारहरु विरोध जनाउन छाडेका थिए । पत्रकारले लिखित प्रतिवद्धता चाहेका थिए । तर केन्द्रीय कमिटीले चाँडोभन्दा चाँडो काभ्रेको समस्या समाधान गर्ने प्रतिवद्धता जनाएको छ ।

SAM_3464

काभ्रेपलाञ्चोकका क्रियाशील पत्रकारले एक दशकदेखि सदस्यता नपाएको भन्दै धुलिखेलमा कालो झन्डासहित विरोध प्रदर्शन गरेका थिए ।
नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिको धुलिखेलमा जारी बैठकमा सदस्यता नपाएको भन्दै क्रियाशील पत्रकार सङ्घर्ष समिति काभ्रेपलाञ्चोकका संयोजक दिनेश घिमिरेको नेतृत्वमा पत्रकारले बैठकस्थलमै कालोझण्डासहित नाराबाजी गर्दैै केहीबेर बैठक अबरुद्घ गरेका हुन् ।

महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले काभ्रेका पत्रकारको मागमा गम्भीर भएर छलफल गरी निर्णय गरिने प्रतिवद्धता जनाउनुभएपछि पत्रकारहरु विरोध जनाउन छाडेका थिए ।

आइतबारदेखि धुलिखेलमा चलिरहेको प्रेस काउन्सिल नेपाल र पत्रकार महासङ्घ केन्द्रीय कार्यसमितिको संयुक्त बैठकमा पत्रकार आचारसंहिताको विषयमा छलफल भएको छ । छलफलबाट मस्यौदा आचारसंहितालाई अन्तिम रुपदिन काउन्सिल र महासंघका तीन तीनजना सदस्य रहनेगरी कार्यदल बनाएर अगाडि बढ्ने सहमति बनेको छ ।
काउन्सिल र महासंघका सदस्यहरुबीच नयाँ आचारसंहिताका विषयमा गम्भीर छलफल गरी समयानुकल बनाउने सुझाव दिएका छन् । महासंघको बैठक सोमबार विहानबाट मात्र शुरुभई छलफल भइरहेको छ । सचिवालयले तयार गरेको संघीय संरचनाअनुसारको नयाँ विधानको मस्यौदा प्रतिवदन केन्द्रीय बैठकमा प्रस्ताव गरिएको छ । सो विषयमा सदस्यहरुले आफ्ना रचनात्मक धारणा राखिरहेका छन् ।

तपाईको प्रतिक्रिया